October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सिमलताल पहिरो : १५ जनाको शव फेला, ६ को सनाखत हुन बाँकी

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन १, २०८१ 0७:१९
सिमलताल पहिरो : १५ जनाको शव फेला, ६ को सनाखत हुन बाँकी

चितवनको सिमलताल पहिरोमा परी दुईवटा बससँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका यात्रुहरूमध्ये आज थप एकजनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मंगलबार बिहान अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव नवलपुरको गैँडाकोट– ७ गैरीस्थित नारायणी नदीको बगरमा दबेर रहेको अवस्थामा भेटिएको हो। योसहित उक्त दुर्घटनामा परेका १५ जनाको शव फेला परेको छ।

उक्त शव निकालेर भरतपुर अस्पताल चितवन पोस्टमार्टमका लागि पठाइएको छ। शवको सनाखत हुन सकेको छैन। भेटिएका १५ शवमध्ये ६ को अझै सनाखत हुन सकेको छैन।

चितवनको भरतपुर– २९ सिमलतालमा शुक्रबार बिहान गएको पहिरोले बगाएर बेपत्ता भएका दुईवटा बसमा गरेर ६५ यात्रु रहेका जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। बेपत्ता दुवै बस र ५० यात्रु अझै फेला परेका छैनन्।

अहिलेसम्म पूर्वी नवलपरासीमा ११, चितवनमा तीन र पश्चिम नवलपरासीमा एक गरी १५ शव भेटिएको छ। त्यसमध्ये चार पुरुष, एक महिला र एक बालकको गरी ६ शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक पौडेलले बताए।

भेटिएका शवमध्ये सर्लाहीको बरहथवा नगरपालिका– ३ निवासी १९ वर्षीय रमित कुसुर माझी, चितवनको माडी नगरपालिका– १ बस्ने २२ वर्षीय विकास परियार, भरतपुर महानगरपालिका– २२ का २३ वर्षीय सुदीप विक, भारतको सीतामणि बर्गिनिया बस्ने २८ वर्षीय ऋषिपाल साह, सीतामणि बेतियानिवासी ३० वर्षीय जयप्रकाश ठाकुर, सोही ठाउँका ३० वर्षीय सजाद अन्सारी, बाराको विश्रामपुर निवासी ४३ वर्षीय प्रमानन्द पण्डित, रौतहटको जमुनामाई गाउँपालिका– ४ का राहुम मियाँ र रौतहटकै परुवा नगरपालिका– ६ का ४० वर्षीय ऋषिकुमार सिंहको सनाखत भएको छ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन १, २०८१ 0७:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट