October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा हेलिप्याडको स्तरोन्नति: अब देखि राति पनि हेलिकप्टर अवतरण गर्ने ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ ३२, २०८१ १३:४३
बाजुरामा हेलिप्याडको स्तरोन्नति: अब देखि राति पनि हेलिकप्टर  अवतरण गर्ने ।

बाजुरा– बाजुराको सदरमुकाम मार्तडी रहेकाे दुर्गाभन्जन गुल्म थापाथली ब्यारेकमा रात्रि अवतरण हेलिप्याड निर्माण भएको छ । आपत्कालीन उद्धारमा सहज होस् भन्ने उद्देश्यले रात्रि अवतरण हेलिप्याड निर्माण गरिएको हो । पटकपटक बाढीपहिरो तथा अन्य प्रकृतिक प्रकोपबाट समस्या भोग्दै आएका बाजुरावासीले उद्धार तथा व्यवस्थापनमा समस्या हुने गरेकोमा अव केही राहत हुने भएको छ । हेलिप्याड निर्माणसँगै अब जिल्लाभित्रबाट उद्धार तथा राहतका कामहरु रात्रिकालीन अवस्थामा सजिलै गर्न सकिने भएको छ । हेलिप्याडको अभावमा वर्षौंदेखि समस्यमा पर्दै आएका बिरामीका लागि  जटिल हुनाका साथै लामो दुरी पार गर्नुपरेकाले राहतको काममा समेत ढिला हुँदै आएकोे थियो ।बाजुरा जिल्लाका नौ ओटै स्थानिय तहको सहयोग तथा नेपाली सेना दुर्गाभन्जन गुल्मको प्राबिधीक सहयोगमा थापाथली ब्यारेकमा रात्रि अवतरण हेलिप्याड निर्माण गरिएको दुर्गाभन्जन गुल्मका गुल्मपती धर्मेन्द्र बहादुर सिंहले बताएका छन । सुरक्षा एवं हेलिप्याडको हेरचाहका लागि सेना नै अग्रसर हुने भएकाले उक्त हेलिप्याड थापाथली ब्यारेकभित्र निर्माण गरिएको हो । सो हेलीप्याडको पृतनापती उपरथी गणेश कुमार श्रेष्ठले उद्घाटन गरेका छन ।जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय र जिल्लाका सबै स्थानिय तहको आर्थिक सहयोगमा नाइट भिजन हेलिप्याड निर्माण संगै अस्पताल नजीकै रहेकाले बिरामी, विपद् र सुत्केरी महिलाको आपत्कालीन उद्धारमा सहजता होस् भन्ने उद्देश्यले उक्त हेलिप्याड निर्माण गरिएको पृतनापती उपरथी गणेश कुमार श्रेष्ठले बताए । “अब जतिखेर पनि बिरामीको उद्धार गर्न सकिने उपरथी श्रेष्ठले बताएका छन । विभिन्न दुर्घटनादेखि विपत्ति एवं महामारीका बेलामा रातको समयमा समेत आपत्कालीन अवस्थाका र सिकिस्त बिरामीलाई हेलिकोप्टरबाट उद्धार गरी ज्यान बचाउन एवं विपतको समयमा पीडितहरुको उद्धार एवं उनीहरुलाई राहत वितरण कार्यमा उक्त हेलिप्याडले सहयोग पुर्‍याउने पृतनापती उपरथी श्रेष्ठले बताएका छन ।बडिमालिका नगरपालिका, बुढिगंगा नगरपालिका, त्रिबेणी नगरपालिका, बुढिनन्दा नगरपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका स्वामिकार्तिक खापर गाउँपालिका, गौमुल गाउँपालिका र खप्तडछेडेदह गाउँपालिकाको ६ लाख ३० हजार ८१ रुपैया लागतमा सो हेलिप्याडको निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताएका छन ।बर्षातको मौसमसँगै बाजुराका अधिकांश सडकमा आउने पहिराले छ महिनासम्म सडक अवरुद्ध हुँदा बिरामी, सुत्केरी तथा विपतमा परेकाले अकालमा ज्यान गुमाउने गरेका छन् । हेलिप्याड निर्माणपछि यस्तो समस्या भोग्दै आएका बाजुराबासीलाइ ठूलो राहत मिल्ने त्रिबेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापाले बताए ।जिल्लाका नौ ओटै स्थानिय तहबाट बजेटको ब्यबस्थापन गरी नेपाली सेनाले नाइट भिजन हेलिप्याड निर्माण गरीएकोमा अव बाजुराका नागरिकले थप सुबिधा पाउने नागरिक अगुवा निमेन्द्र शाहीले बताए । नेपाली सेनाको पहलमा जिल्लाका बिभिन्न ठाउँमा अस्थायी हेलीप्याडको निर्माण गर्ने कार्य जारी रहेको छ । यता खप्तड छेडेदह गाउँपालिकामा भने अघिल्लो आर्थिक बर्षमै निर्माण गरिएको दुर्गाभन्जन गुल्मले जनाएको छ । कार्यक्रममा त्रिबेणी नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर थापा, बडिमालिका नगरपालिका उप प्रमुख नन्दा कुमारी थापा, पृतनापती उपरथी गणेश कुमार श्रेष्ठ, श्री नं ५ बाहिनी सहायक  महासेनानी युवराज केसी, प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेल लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुख सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी र पत्रकारहरुकाे सहभागीता रहेकाे थियाे ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ ३२, २०८१ १३:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट