October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बिच्छयामा प्रजनन स्वास्थ्य सम्बन्धि नि:शुल्क शिविर सञ्चालन हुने

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ १६, २०८१ १७:३२
बिच्छयामा प्रजनन स्वास्थ्य सम्बन्धि नि:शुल्क शिविर सञ्चालन हुने

बाजुरा- बिच्छयामा प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धि नि:शुल्क शिविर सञ्चालन हुने भएको छ।

स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा स्थानीय तह हरुको समन्वय हिमाली गाउँपालिका वडा नम्बर १ को बिच्छ्या स्वास्थ्यकर्मी चौकीमा स्वास्थ्य सेवा सहित नि:शुल्क स्वास्थ्य रुग्णता सम्बन्धि शिविर सञ्चालन जेष्ठ १८ शुक्रबार दिनमा गरिने भएको छ। दुर्गम गाउँमा रहेका महिलालाई सहज पार्नेका लागि शिविर सुरु गरिने छ। घरदैलोमा त्यहाँका स्थानीय महिलाको प्रजनन स्वास्थ्य सम्बन्धि नि:शुल्क शिविर सञ्चालन हुने भएको छ।

शिविरमा नि:शुल्क प्रजनन स्वास्थ्य उपचारमा विशेषगरी चिकित्सक द्रारा सेवाग्राहीको चेकजाँच, निदान, उपचार तथा प्रेषण सेवा र पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ ३० वर्ष देखि ६० वर्ष उमेरका महिलाहरू जाच तथा परामर्श, पाठेघर खसेको महिलाहरू स्क्रिनिङ तथा रिङ प्रेसरी राख्ने, प्रसबको कारणले फिस्टुला भएको महिलाहरूको स्क्रिनिङ व्यवस्थापन तथा परामर्श गरिने भएको छ।

बाँझोपनको चेकजाँच तथा परामर्श, महिलाहरूमा तल्लो पेट दुख्ने, चिलाउने, सेतो पानी बग्ने समस्या उपचार र परिवार नियोजनका लागि अवधीको अस्थाई साधन ईम्प्लाण्ट, आई. यु.सि.डि. सेवा गरिने छ। सुरक्षित गर्भपतन सम्बन्धि परामर्श तथा प्रेषण सेवा, नि: शुल्क औषधि समेत वितरण गरिने आयोजक स्वास्थ्य कार्यालय मार्तडी बाजुराले जनाएको छ।

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ १६, २०८१ १७:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट