October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सडक संजाल संगै मोटरसाइकल गाउँमा पुग्दा स्थानीय खुसी

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र १५, २०८० 0९:३७
सडक संजाल संगै मोटरसाइकल गाउँमा पुग्दा स्थानीय खुसी

उमेश रोकाया,बाजुरा- सडक संजाल जोडिएपछि गाउँमा मोटरसाइकल पुग्दा स्थानीय वासी खुसी भएका छन।

बाजुरा जिल्ला अति दुर्गम हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडीमा सडक संजाल संगै मोटरसाइकल गाउँमा पुग्दा स्थानीय वासी खुसी भएका छन। विगत लामो समयदेखि सडक माध्यमबाट पछाडिको गाउँमा हिमाली गाउँपालिकाको विशेष सहयोगमा सडक सञ्चालन जोडिएको कारणले अहिले गाउँ सम्म रोड छोएको छ। जिप तथा ट्याक्टर र दुई पाङ्ग्रे मोटरसाइकल चलन सुरु गरिएको छ।

पहिला गोरेटो बाटो हिडिरहेका गाउँका स्थानीय अहिले गाडी मोटरसाइकल चडेर गाउँ बाहिर जानु पर्दा सबै मान्छेहरू खुशीयाली छाएको छ। पहिला बिरामी हुँदा बोकेर लैजानुपर्ने अवस्था सडक गाउँमा जोडिएपछि सहज भएको छ। अर्जेन्ट बिरामी भएका मान्छेलाई गाउँ सम्म सडक पुगेपछि गाउँपालिकाको एम्बुलेन्स बाट उद्धार गरिएको छ। सडक नपुग्दै गर्दा गाउँ अधिकास मान्छेहरू पैदल यात्रा घण्टा हिड्ने गरेको थियोे। आजभोलि गाउँ बाट बाहिर जानुपर्ने अवस्था हुँदा गाडी चडेर जानुपर्ने भएको अवस्था हुँदा स्थानीय खुशी भएको व्यक्त गरेको छन।

सानोतिनो सामान ओसारपसार गर्नु परेमा पिठ्युँमा बोकेर लिनुपर्ने बाध्यता हटेको छ। त्यति मात्र नभएर एक किसिमको बिकास प्रमुख सडक मार्ग मानिने गरिन्छ। गाउँमा सम्म सडक जोडिएको हुँदा गाडी मात्र नभएर मोटरसाइकल समेत गाउँमा लिएर राख्ने गरेको छन। गाउँपालिका सडक क्षेत्र मात्र नभई शिक्षा, स्वास्थ्य, खानेपानी र संचार क्षेत्रमा पहुँच पुर्‍याउने कोशिस राम्रो भएको छ। गाउँमा सडक संजाल जोडिएकाले गाउँका वृद्धहरु लाई गाउँपालिका नजिकैको बैंक सानिमा आउन जान छिटोछरितो भएको छ।

धेरै वर्ष पछि गाउँमा सडक जोडिएको हुँदा स्थानीय मान्छेहरू खुशीको क्षण पल छाएको छ। अहिले गाउँ बाट जिप चडेर अधिकास मान्छेहरू अर्को गाउँमा जानका लागी हिडेर कष्ट गर्नुपर्ने अवस्था हटदै गएको छ। दुर्गम गाउँमा वर्षौंदेखि सडक संजाल गाउँ घरको क्षेत्र आसपासका ठाउँमा जोडिएका कारणले बच्चा देखि वृद्धलाई आउन जान सहज भएको स्थानीय मागे रोकायाले बताएका छन।

हिमाली गाउँपालिका विशेष लगानीमा पाँडी गाउँ सम्म सडक पुर्‍याउन सफलता भएको छौँ। अहिले गाउँपालिकाको केन्द्र धुलाचौर बजार आइपर्नु करिब घण्टा समय लगाएर आउने गरेका छन। त्यहाँका स्थानीय संचार क्षेत्रमा पहुँचमा ल्याउन टेलिफोन टावर निर्माणकार्य तिव्र गतिमा अगाडि बढाएको छ। शिक्षा क्षेत्रमा उत्तिकै लगानी गरेको छ। भने घण्टा हिडेर स्वास्थ्य उपचार गर्न जानुपर्ने बाध्यता हटाइएको छ। गाउँमा आधारभुट स्वास्थ्य सेवा केन्द्र स्थापना गरि कर्मचारी सहित स्वास्थ सेवा प्रवाह गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र १५, २०८० 0९:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट