October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

मार्तडी स्वास्थ्यचाैकी चुथी बाटै स्मार्ट हेल्थसेवा सञ्चालन गरिएकाे छ

  • सेती कर्णाली खबर
  • आइतवार, फाल्गुन २७, २०८० १६:१६
मार्तडी स्वास्थ्यचाैकी चुथी बाटै स्मार्ट हेल्थसेवा सञ्चालन गरिएकाे छ

बाजुरा : चुथी स्वास्थ्य चौकीमा स्मार्ट हेल्थ सेवा सञ्चालन गरिएको छ । टेली हेल्थसेवाकाे प्रविधी सहयाे मार्फत स्वास्थ्य उपचार सेवा दिने गरि स्मार्ट हेल्थ सेवा सञ्चालन गरिएको हो । बडीमालिका नगरपालिका, काे चुथी स्वास्थ्य चौकी र स्मार्ट हेल्थ ग्लोबलको सहकार्यमा आजबाट सेवा सञ्चालन गरिएको चुथि स्वास्थ्य चौकीका प्रमुख धर्मबहादुर खत्रीले बताएका छन्

चिकित्सकहरुकाे सेवाको पहुँच बाट टाढा रहेका दुर्गम पिछडीएका क्षेत्रका स्थानीयलाई टेलि हेल्थ सेवा मार्फत गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिने बताईएकाे छ। ाउअका अति गरिब तथा विपन्न परिवारलाई विशेष गरि विकट दुरदराजका नागरिकलाई लक्षित गरि सेवा सञ्चालन गरिएको स्मार्ट हेल्थ ग्लोबलका कार्यकारी निर्देशक मनोज खड्काले बताएका छन् ।

स्वास्थ्य चौकीमा स्मार्ट हेल्थ कार्यक्रमको बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दा थापाले उद्घाटन गरेकी हुन् । निशुल्क र गुणस्तरीय सेवा बिषशेज्ञ डाक्टरबाटै उपलब्ध हुने गरि सेवा सञ्चालन गरिएकोमा खुसी लागेको उपप्रमुख थापाले बताएकी छन् । इन्टरनेट सुविधा भए मात्र याे सेवा संञ्चालनन हुने बताएका छन् ।यस्ताे सेवा अझै प्रभावकारी हुने उप प्रमुख थापाले बताएकी छन् ।

यश सेवा बाटपहिलो दिनमात्रै तीन दर्जन बढी विरामीले टेलिहेल्थ प्रविधीमार्फत उपचार तथा परामर्श सेवा लिएका छन् । ती मध्ये १७ जनाले भिडियो एक्सरे सहीतको परामर्श सेवा नै लिएको सिअनमी ललिता दानीले बताएकी छन् । टेलिहेल्थ सेवा डाक्टर नहुने स्वास्थ्य संस्थाकाे लागि र शहरका ठुला अस्पताल बाट सुविधा लिन नसक्ने नागरिकका लागि धेरै प्रभावकारी हुने सिअनमी दानीको विश्वास रहेकाे बताएकी छन् ।

स्मार्ट हेल्थ कार्यक्रम बाजुराका बडीमालिका, बुढीनन्दा र बुढीगंगा नगरपालिकामा सुरु गरिएको छ । बुढीगंगाको टाँटे स्वास्थ्य चौकीमा निरन्तर चलिरहेको छ । भने बुढीन्नदा नगरपालिका काे पाण्डुसैन स्वास्थ्य चौकीमा इन्टरनेट नियमित नहुँदा निरन्तरतमा समस्या देखिएको छ भने जगन्नाथ गाउँपालिकामा चाढै नै सुरु हुने बताईएकाेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका दुर्गम तथा पिछडीएकाे क्षेत्रमा विस्तार गरिने स्मार्ट हेल्थ ग्लोबलका प्रमुख कार्यकारी अधिकृत मनोज खड्काले जानकारी दिएका छन् ।

हप्ताको २ दिन अनिवार्य र सातैदिनकाे २४ सै घण्टा आकस्मीक रुपमा सेवा दिने गरि स्मार्ट हेल्थ कार्यक्रम सुरु गरिएको बताईएकाे छ । मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवा सुधार गर्ने, बहिरंग सेवा दिने र बाल स्वास्थ्यमा बिशेष ध्यान दिने गरि सेवा सञ्चालन गरिरहेकाे बताएकाे छ ।

विरामीको अवस्था र प्रकृति हेरेर सम्बन्धीत स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मीले चिकित्सक तथा बिशषेज्ञसँग परामर्श तथा उपचार सेवा दिन सकिने गरि स्मार्ट हेल्थ कार्यक्रम सञ्चालन गरिएको छ । स्मार्ट हेल्थ ग्लोबलको केन्द्रीय कार्यालय समेत बाजुराको मार्तडी र अष्टेलियामा राखिएको छ ।

विश्वभरिको स्वास्थ्य बिज्ञसमूहलाई एकठाउँमा जोडेर दुर्गम तथा विपन्न परिवारको स्वास्थ्य अवस्था सुधारमा सहयोग पुर्याउने गरि सेवा सञ्चालन गरिएको प्रमुख कार्यकारी अधिकृत मनोज खड्काले बताएका छन् । खड्का स्वयम यस गैर नाफा मुलक संस्थाका सस्थापक हुन् ।

गर्भवती अवस्थामा अनिवार्य २ पटक डाक्टरहरुले टेलिहेल्थ मार्फत जाँच  र बाँकी आवश्यकता अनुसार गरिने, भिडियो एक्सरे सेवा, टेलिहेल्थ मार्फत नै परामर्श र उपचार सेवा दिने, विज्ञ डाक्टरहरुले नै सेवाका लागि सहयोग गर्ने कार्यक्रम सञ्चालन गर्दा नागरिकलाई स्वास्थ्य उपचार सेवामा सहज हुने बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति संयोजक धर्मराज पाध्यायले बताएका छन् ।निशुल्क सेवा र भरपर्दो उपचार विधीबाट स्थानीय प्रभावित हुने विश्वास गरिएको छ।

  • सेती कर्णाली खबर
  • आइतवार, फाल्गुन २७, २०८० १६:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट