July 19, 2025 | शनिबार, साउन ४, २०८२

सुत्केरी हुन नसके पछी ताँजाकोट कि किसोरीको हेलिकप्टरद्वारा उद्दार

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन ११, २०८० १४:४८

बैज्ञानिक शर्मा ११ फागुन हुम्ला / ताँजाकाेट गाउँपालिका स्थित वडा नं ५ निवासी एक किशोरी काे राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाकाे हेलिकप्टरबाट उद्दार गरिएकाे छ ।
हिमाली आवासीय बिद्यालय मा कक्षा ९ मा अध्यायनरत बर्ष १७ की बाँचु बैजीकाे उद्दार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएकाे हाे ।हिजाे दिउसाे २ बजे देखि सुत्केरी बेथा लागेकी बैजीकाे आज बिहान ताँजाकाेट गाउँपालिकाका अध्यक्ष लालकेश जैसी र ताँजाकाेट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनराज ढकालकाे पहलमा आज बिहान ८ बजे सुर्खेत पुर्याइएको हो ।प्रदेश अस्पताल सुर्खेतकाे प्रसुति गृहमा निजकाे अप्रेशन गर्दा पेटमा बच्चा मरेकाे पाईएकाे र अहिले आमाकाे स्वास्थ्य अवस्था पनि जटिल रहेकाे कुरा उपचारमा खटिएका आफन्त देबी बैजीले जनाएका छन् सुत्केरी बैजीको उपचार खर्च सबै सरकारले बेहाेर्ने भएको छ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन ११, २०८० १४:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  