October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

राष्ट्रिय वाणिज्य बैंक बाजुरा शाखाले मनायो ५९ औं वार्षिकोत्सव

  • सेती कर्णाली खबर
  • बुधबार, माघ १०, २०८० १६:0९
राष्ट्रिय वाणिज्य बैंक बाजुरा शाखाले मनायो ५९ औं वार्षिकोत्सव

बाजुरा– राष्ट्रिय वाणिज्य बैंक बाजुरा शाखाले बिभिन्न कार्यक्रमकाे आयोजना गरि आफ्नो स्थापना दिवस बनायकाे छ । बैंकको ५९ औं वार्षिकोत्सवको अवसरमा जिल्लाका केही बिभिन्न ब्यक्तीहरुलाई सम्मान लगायतको कार्यक्रमहरु गरेको बाजुरा शाखाले जनाएको छ ।
बाजुरा शाखाका प्रमुख बिसनदेव जोशीको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल रहेका थिए । प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले नागरिक मैत्री सेवा प्रबाहमा जोड दिनुपर्ने बताएका छन ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक बाजुरा शाखाका पुर्व कर्मचारी महारुद्र जोशी, उत्कृष्ट सेवाग्राही सिहं व्रद्रश, शौरभ मार्केटिङ, मंगलदिप ट्रेडस र जुना दानीलाई प्रमाण पत्र सहित सम्मान गरेको जनाएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक कबिन्द्रसिहं बोहरा ससस्त्र प्रहरी बल बाजुरा प्रमुख प्रहरी नायव उपरिक्षक संकरदत्त तिवारी लगायत बिभिन्न ब्यापारीहरुको सहभागीता रहेको बैकंले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • बुधबार, माघ १०, २०८० १६:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट