October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

एमाले जगन्नाथका उपसचिव शाही र काँग्रेसका युवा नेता सिंह समाजवादीमा प्रवेश

  • सेती कर्णाली खबर
  • शनिबार, माघ ६, २०८० 0२:५७
एमाले जगन्नाथका उपसचिव शाही र काँग्रेसका युवा नेता सिंह समाजवादीमा प्रवेश

सेतीकर्णाली खबर

बाजुरा/नेकपा एमाले जगन्नाथ गाउँ कमीटी उप सिचिव गणेश बहादुर शाही एकीकृत समाजवादी बाजुरामा प्रवेश गरेका छन  ।   जगान्नाथ गाउँपालिका वडा नं ५ गोत्री निवासी शाही विगत लामो समय देखी  एमालेका विभिन्न भातृ संगठनमा आबद्ध हुदै नेकपा एमाले जगन्नाथ गउँ कमिटी को उपसचिव पदमा  रहेर काम गर्दै आएका थिए । नेकपा एमालेमा रहेका नेतृत्वले पछिल्लो समयमा परिवार वाद, ब्यक्तिगत स्वार्थ, अहंकार, दम्म, घमण्ड, स्वार्थमा लिप्त भएका अबसर वादी कार्यकर्ता हरूको  कम्पनि जस्तो पाटी बनाएको भन्दै नेता शाहीले आजका दिनबाट एमाले छोडेको बताएका हुन ।

त्यस्तै जगन्नाथ गाउँपालिका वडा नं ४ निवासी नेपाली काँग्रेस का युवा नेता तथा सामाजिक अभियान्ता मनोज सिह ठकुरीले समेत नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन ।

लामो समय देखी भ्रष्टाचार विरूद्ध अभियान संचालन गरेका द्वय युवा नेता लाई आजै नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी बाजुराका अध्यक्ष पुरबहादुर रावतले भब्य स्वागत गरेका थिए । नव प्रवेशी युवा नेता लाइ नेकपा एकिकृत समाजवादी जिल्ला कमिटीको बैठकले जिल्ला कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादी बाजुराका प्रचार विभाग प्रमुख अनिल शाहीले जानकारी दिएका छन ।

पछिल्लो समयमा नेकपा एकिकृत समाजवादीमा युवाहरूको आकर्षण  बढेको छ । त्यस्तै नेकपा एमाले परित्याग गर्दै बडिमालिका नगरपालिका वडा नं ९ का कांसी चदाराले समेत नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन ।

नेकपा एकीकृत समाजवादी बाजुराले शुक्रवार बाजुराको सदरमुकाम मार्तडिमा पुष्पलाल स्मृति भवनको उद्घाटन गरी नयाँ भवनमा कार्यालय संचालन गरेको छ । कार्यालयको उद्घाटन नेकपा एकीकृत समाजवादी बाजुराका जेष्ठ कम्युनिस्ट सदस्य जया लुवारले रिवन काटेर उद्घाटन गरेका थिए ।

  • सेती कर्णाली खबर
  • शनिबार, माघ ६, २०८० 0२:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट