October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

  • सेती कर्णाली खबर
  • बुधबार, पुस २५, २०८० १५:२८
बाजुरामा गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

बाजुरा /  जिल्लाको बडीमालिका नगरपालिका–६ कोर्धकी एक गर्भवती महिलाको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

सोही नगरपालिकाकी ३० वर्षीया सीमा बडुवालको सुत्केरी हुने समय बढी भएको र बच्चा पाठेघरमा अड्किएपछि जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले  जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार गर्भवती महिलाले बच्चा पाउने समय भन्दा बढी भएको र बच्चाको टाउको पाठेघरमा अड्किएपछि महिलाको ज्यान जोखिममा भएकाले रिफर गरिएको बताए ।
अस्पतालले अवस्था जटिल भएपछि जिल्ला प्रशासन कार्यालय बाजुरालाई हेलिकप्टरमा उद्धारका लागि आग्रह गरेकाले प्रशासनले गृह मन्त्रालयलाई पत्राचारपछि नेपाली सेनाको एन ए ९ को हेलिकप्टरमा उद्धार गरिएको निमित्त प्र्रमुख जिल्ला अधिकारी राम कुमार तिमल्सिनाले बताए ।
उनले गर्भवती महिलाको अवस्था जटिल भएको र जिल्ला बाहिर सुत्केरी गराउन लैजानुपर्ने जानकारी गराएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत सेनाको हेलिकप्टरमा उद्धार गरिएको बताएका छन् ।
दुर्गम तथा विकट जिल्लाका गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जटिल गर्भवती तथा सुत्केरी महिलालाई हेलिकप्टरबाट राष्ट्रपति उद्धार कार्यक्रम अन्तर्गत निःशुल्क हवाई उद्धार गर्ने गरेको छ ।
चार महिना पहिले हिमाली गाउँपालिका १ विच्छ्याँकी २३ वर्षीया कल्पना रोकायाले बच्चा पाएर साल नआएपछि सेनाको हेलिप्टरमा उद्धार गरिएको थियो ।

  • सेती कर्णाली खबर
  • बुधबार, पुस २५, २०८० १५:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट