October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जगन्नाथमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस १२, २०८० 0५:३९
जगन्नाथमा गाउँपालिका स्तरीय  राष्ट्रपति रनिङ  शिल्ड सुरु

सेतिकर्णाली खबर,१२ पुस / बाजुराकाे जगन्नाथ गाउँपालिकामा हिजो बाट चौथो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद” भन्ने मुल नाराका साथ आजबाट गाउँपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

जगन्नाथ  गाउँपालिका शिक्षा ,युवा ,तथा खेलकुद शाखाको आयोजना र देवलकोट माविको सह- आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयबहादुर साउदले बताएका छन् ।शिक्षा शाखा प्रमुख साउदका अनुसार यश वर्षकाे गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वडा नम्वर  ५ मा रहेको देवलकोट माविमा संचालन गरिएकाे हाे ।

प्रतियोगितामा यस पालिका भरिका ४ वटा माध्यमिक विद्यालय सहभागी भएका छन् । प्रतियोगिताले खेल क्षेत्रमा विद्यार्थी खेलाडीहरुको व्यक्तित्व विकासमा थप सहयाेग पुग्ने विश्वास पालिकाकाे छ ।

प्रतियोगिताको उद्घाटन सत्रमा बाेल्दै प्रमुख अतिथि समेत रहनु भएका गाउँ पालिका अध्यक्ष काली बहादुर शाहिले खेल क्षेत्रको विकासमा आफू जहिले पनि अग्रसर रहेको र खेल क्षेत्रमा पालिकाले प्रयाप्त लगानी लगाउन तयार रहेको बताउनु भएको छ ।

वडा नम्बर ५ का वडा अध्यक्ष गौरी शार्किको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा कार्यक्रममा प्रमुख अथिति गाउँपालिका अध्यक्ष कालिबहादुर शाही रहेका  थिए ।

कार्यक्रममा  विशिष्ट अथितिमा उपाध्यक्ष मरुकला बिष्ट ,बाजुरा जिल्ला खेलकुद बिकास समिति अध्यक्ष राकेश थापा,निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र बहादुर शाही  रहेका थिए भने अथितिमा वडाका वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,वडा सदस्य ,विभिन्न बिद्यालयका प्रधानाध्यापक , विव्यस अध्यक्ष , विभिन्न पाटीका प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, बिद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

सरस्वति माविका प्रधानाध्यापक बिस्नु बहादुर बिष्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन देवलकोट मावीका शिक्षक दान बहादुर शाहीले गरेका थिए ।

 

 

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस १२, २०८० 0५:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट