October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

त्रिवेणीका विद्यालयमा संयुक्त अनुगमन तथा पालिका स्तरको समिक्षा कार्यक्रम सम्पन्न

  • सेती कर्णाली खबर
  • सोमवार, पुस ९, २०८० 0३:३७
त्रिवेणीका विद्यालयमा संयुक्त अनुगमन तथा पालिका स्तरको समिक्षा कार्यक्रम सम्पन्न

बाजुरा- जिल्लाको त्रिवेणी नगरपालिका विद्यालयमा संयुक्त अनुगमन तथा पालिका स्तरको समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ।

त्रिवेणी नगरपालिकामा पौष ५ गते बिहिबारका दिन वडा नम्बर ४ मा रहेको श्री तोली देवलडाँडा माध्यामिक विद्यालय र सोहि वडामा रहेको श्री जनशक्ति आधारभुत विद्यालयमा विश्व खाद्य कार्यक्रमको सहकार्य तथा एकिकृत विकास समाज नेपाल (आइ.डि.एस. नेपाल ) को सहयोगमा संचालित विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको संयुक्त अनुगमन गरिएको छ। उक्त कार्यक्रममा आइ.डि.एस. नेपालका कार्यकारी निर्देशक श्री प्रकास कोइराला, एमिनी अफिस अन्जान कुमार फोजु ,जिल्ला संयोजक, पालिकाका जनप्रतिनिधि, नगरपालिकाका प्रत्येक शाखाका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाहरुको सहभागितामा कार्यक्रमको संयुक्त अनुगमन गरिएको आइ.डि.एस.नेपाल त्रिवेणी नगरपालिका संयोजक विकास रावलले बताएका छन् ।

बिद्यालयमा एकिकृत दिवाखाजा कार्यक्रमका अन्तरगतका सम्पूर्ण कार्यक्रमहरुको अनुगमन गरिनुका साथै भौतिक, शैक्षिक र अन्य विविध पक्षको अनुगमन गरेको थियो। जसमा विद्यालयमा अध्यानरत विद्यार्थीहरुको प्रारम्भिक स्वास्थ्य परिक्षण गरेको  अभिलेख, सम्पूर्ण विद्यार्थीलाई बर्षको दुई पटक जुकाको औषधी खुवाएको अभिलेख दैनिक दिवाखाजा खाएको अभिलेख चुस्त रुपमा राखेको हुनुपर्ने, कक्षागत हाजिर रजिस्ट्रार उल्लेखित मापदण्ड अनुसार सही र पुर्ण रूपमा भरी कार्यान्वयन ल्याएको हुनेपर्ने लगायतका बिषयमा अनुगमन गरिएको आइ.डि.एस.नेपाल पालिका सुपरभाइजर रावलले बताएका छन् ।

त्यस्तै विद्यालयमा शौचालयको अवस्था, सामुहिक हात धुने बालमैत्री धारा , फोहोर विसर्जनका लागि २ वटा खाडल भएको हुनुपर्ने, विद्यालयमा रहेको रजिष्टर पूर्ण रुपमा भरिएको हुनुपर्ने  र शौचालयमा प्याड विसर्जन इन्सिनेरेटर र महिनावारी स्वच्छता लागि प्याडको व्यवस्था भएको हुनुपर्ने जस्ता मुख्य विषयको अनुगमन गरेको छ। त्यस्तै कक्षा कोठा व्यवस्थापन कार्पेट कुसन, बालमैत्री फर्निचर र सामाग्री भएको हुनुपर्ने, शैक्षिक गुणस्तर संगै कक्षाकोठाको अवस्था र अतिरिक्त क्रियाकलापमा यस्ता कार्यले महत्वपुर्ण सहयोग पुग्ने समेत रहेको छ।

शैक्षिक व्यवस्थापन कमजोर विद्यार्थीलाई अगाडी राखेको हुनुपर्ने र तरकारी बिधालयमा ल्याएको अभिलेख राखेको लगायत बिषयमा बिद्यालयमै  गएर अनुगमन गरेको त्रिवेणी नगरपालिकाका शिक्षा अधिकृत श्री गणेश बहादुर साँउदले बताउनु भयो।
कार्यक्रम आइ.डि.एस. नेपालले  बाजुराका ८ वटा पालिकामा विद्यालय संयुक्त अनुगमन तथा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरि सकेको र १ वटा पालिकामा पनि तत्काल सम्पन्न गरिने कुरा आइ.डि.एस. नेपाल बाजुराका  जिल्ला संयोजक श्री प्रेम प्रसाद खनालले बताउनु भयो।

आइ.डि.एस. नेपालले २ वटा विद्यालयमा अनुमगन गरी सकेपछि नगरपालिकामा सन् २०२३ मा  गरेका सम्पूर्ण कामहरुको बार्षिक समिक्षा समेत गरेको छ। पालिकाका विभिन्न बिद्यालयमा गरिरहेका कार्य मुख्य उपलब्धिका रुपमा लिनुका साथै  आगामि योजना पालिका  र सस्थाको दोहरो सम्झौतामा विद्यालय र समुदायमा काम गर्ने लगायतका विषयमा संयुक्त रुपमा काम गर्ने नि. प्रमुख प्रशाशकिय अधिकृत चिरन्जीवि प्रशाद शाहले प्रतिबद्धता समेत जानकारी गराउनु भयो।

चिरन्जीवि प्रशाद शाहको अध्यक्षता,  प्रमुख अथिति आईडिएस नेपालका कार्यकारी निर्देशक प्रकास कोईराला रहेको कार्यक्रममा  शिक्षा अधिकृत गणेश बहादुर साउदले सञ्चालन गरेको थियो । बार्षिक समिक्षा कार्यक्रममा ९ वटै वडाका अध्यक्ष तथा प्रतिनिधि , पालिकामा रहेका  प्रत्येक शाखा प्रमुख तथा प्रतिनिधि , आइ.डि.एस. नेपाल बाजुरामा कार्यरत कर्मचारी , अन्य सरोकारवाला सस्थाका प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

  • सेती कर्णाली खबर
  • सोमवार, पुस ९, २०८० 0३:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट