October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीमा एक दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न

  • सेती कर्णाली खबर
  • सोमवार, मंसिर २५, २०८० 00:२५
हिमालीमा एक दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा एक दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न गरिएको छ।

हिमाली गाउँपालिका समन्वयमा ईन्टरनेशनल नेपाल फेलोशिप (नेपाल) सामुदायिक चिकित्सक आउटरिच परियोजना हरियो खर्क अस्पताल पोखराका विशेषज्ञ डाक्टर मार्फत हिमाली गाउँपालिका स्वास्थ सेवाका प्रमुख तथा बिधालय प्रधानाध्यापक र सुरक्षाकर्मीहरुलाई महत्त्वपूर्ण तालिम दिएको छ।

तालिम अचानक हुने दुर्घटना परेका मान्छेलाई उद्धार कसरी गर्ने भन्ने सिकाएका छ्न। गाडी दुर्घटना, रुख बाट खसेको मान्छे र आकस्मिक मेरुदण्ड समस्या परेका व्यक्तिको सर्वसाधारण सजिलोसँग गर्न सकिने सुझाव विषय छलफल गरिएको आइ.एन.एफ. नेपाल हिमाली गाउँपालिका टिम लिडर गणेश दत्त खटिकले बताएका छ्न।

आकस्मिक हुनसक्ने घटना परेर हुने घाइतेको जाच योजना प्रारम्भिक र शारीरिक जाच दुई किसिमबाट गर्न सकिन्छ। घटना परेका घाइतेलाई जीवन जोखिम हिसाबले जाच गर्ने गरिन्छ। घाइते भएर पल्टिएका मान्छेलाई विभिन्न किसिमको तरिकाले शारीरिक जाच गर्ने पनि एक दिने तालिममा सिकाएका छन।

आइ.एन.एफ. नेपाल संघ सस्थाले गाउँ-गाउँमा गएर कृषि सम्बन्धि बोट विरुवा मात्र बाढने नभएर समाज फैलिएका विकृति हटाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौ। त्यसमा पनि पालिका स्थानीय आवस्यकता परेका बाढी पीडित जस्ता समस्याहरुलाई समाधान तिर लागेका छौ। यहाँको जनताको शारीरिक स्वास्थ सम्बन्धि नि:शुल्क स्वास्थ शिविर सञ्चालनमा ल्याएका छौ।

हामी संस्थाका कार्यक्रम सञ्चालन गर्दागर्दै आजभोलि एउटै घरका परिवार जस्तो भएर संस्था प्रति सम्बन्ध बढेको छ। संस्था प्रति माया भएर तालीम सिक्न आउने सबै धन्यवाद दिदै थप यो भन्दा अझ बढी सहयोग अपेक्षा समेत राखेको आइ.डि.एस. नेपाल सहयक क्षमता बिकास अधिकृत सम्झना परिवारले बताउनुभयो।

  • सेती कर्णाली खबर
  • सोमवार, मंसिर २५, २०८० 00:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट