October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता अबधिभर आटिचाैर क्षेत्रभित्रमा मदिरा निसेधित रहेकाे

  • सेती कर्णाली खबर
  • आइतवार, कार्तिक १२, २०८० १२:३३
पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता अबधिभर आटिचाैर क्षेत्रभित्रमा मदिरा निसेधित रहेकाे

बाजुरा।    पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता दशरथ मा बि  आटिचौरमा यहि कार्तिक ११ गते बाट सुरु भएको छ । फुटबल खेल अबधिभर छेडेदह काे आटीचाैर का पसल हरुमा मदिरा बिक्रिबितरण गर्न  बन्द गरिएकाे छ ।

यस छेडेदह काे सान र सम्मान का साथ सबैले सहयाेकाे लागि गरिदिन पनि आयाेजकले सामाजिक संजाल मार्फत  जनाएकाे छ । साे अबधिभरमदिरा निसेधित क्षेत्र बनाउन समेत वडा कार्यालय काे समेत विशेष पहल रहेकाे छ ।
यश फुटबल खेल प्रतियोगिता अवधिभर खेल क्षेत्रआसपासका पसलहरु र बजार क्षेत्रमा मदिरा बिक्रि वितरणमा पुर्ण रुपमा बन्द गरिएको आयोजकले जनाएको छ । बाहिरबाट मदिरा सेवन गरेर खेल क्षेत्रभित्र प्रबेश गरी शान्तिपु्र्ण ढंगले भइरहेको खेल बिथोल्न खोज्ने जोकोहीलाई युवाहरु को सक्रियतामा नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइने छ। शान्तिपुर्ण, सभ्य र भव्य तरिकाले खेल सम्पन्न गर्नका लागि शान्ति सुुरक्षा पनि कडा पारिने आयोजकको दाबी रहेको छ। हरेक वर्ष आयोजना हुने सो प्रतियोगिता प्रति गाँउपलिकाका सबै राजनिति दलले चाँसो देखाएका छन। सबैको एक्येबद्धता देखिएको छ । सबै राजनिति दल सकारात्मक देखिएका छन। आज उद्घाटन कार्यक्रममा पनि गाँउपालिकाका सबै राजनितिक दलको उपस्थित रहेको थियो । राजनिति दलका ब्यक्तिहरु र पत्रकार बिच मैत्रिपुर्ण खेल भएको थियो उक्त खेल राजनितिक दलका ब्यक्तिहरुले जितेका थिए ।

खेललाई सभ्य र भव्य र शान्तिपुर्ण तरिकाले सम्पन्न गर्न सबैले आआफ्नो तर्फबाट सहयोग गर्न पनि आयोजक छेडेदह स्पोर्टस क्लबले अपिल समेत गरेको छ। क्बलले २०७६ साल देखि लगातार कपको आयोजना गर्दै आएको छ ।

खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा उक्त प्रतियोगिता आयोजना गरीएको हो । सर्वाधिक धनराशीको नाम दिइएको प्रतियोगिताको प्रथम पुरस्कार यो वर्ष २ लाख ३५ हजार ३ सय ३५ रुपैया घोषणा गरिएको छ । यस्तै द्धितीय स्थान हुने उपविजेताका लागि १ लाख २५ हजार २ सय २५ रुपैया पुरस्कार घोषणा गरिएको छ ।

  • सेती कर्णाली खबर
  • आइतवार, कार्तिक १२, २०८० १२:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट