October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढीगंगा नगरपालिका वार्षिक प्रगति विवरण सार्वजनिक तथा समिक्षा : पत्रकार सिंह सम्मानित

  • सेती कर्णाली खबर
  • बुधबार, असार २७, २०८० 0५:२४
बुढीगंगा नगरपालिका वार्षिक प्रगति विवरण सार्वजनिक तथा समिक्षा : पत्रकार सिंह सम्मानित

बाजुरा जिल्लाकाे  बुढीगंगा नगरपालिकाका जनप्रतिनिधीले आफ्नो एक वर्षे कार्यकालको समीक्षा गरेका छन् । सपथ सहीत पदभार ग्रहण गरेको एक वर्ष पुरा भएको अवसर पारी पालिकाले बार्षिक प्रगति विवरण सार्वजनिक तथा समीक्षा गरेको छ ।

दोस्रो चरणको निर्वाचनपछि असार २६ गते जनप्रतिनिधीले सथप सहीत पदभार ग्रहण गरेका थिए । वर्षगाँठको अवसरमा दर्जन बढी राम्रो काम गर्ने कर्मचारी, कृषक व्यवसायी र विद्यार्थीलाई सम्मान गरेको छ । नगर प्रमुख उपप्रमुखले आफ्नो पारिश्रमीकको ५ प्रतिशत रकम छुट्याएर १ दर्जन बढी विद्यार्थीलाई सहयोग गरेका छन् ।

पालिकाले स्थापना गरेको शेरबहादुर शाह समाजसेवा सम्मान पुरस्कारबाट प्रकाश सिंह, रत्नाखर जैशी साहित्य सम्मानबाट जहरसिंह थापा, चेतनदीप अयडी सफल उद्यमकी सम्मानबाट भोला जैशीलाई सम्मान गरेको छ । नरसिंह गिरी शैक्षिक सम्मानबाट कृष्णबहादुर सिंहलाई यस अघि नै सम्माान गरिएको छ । यस्तै समयमै काम सम्पन्न गर्ने सफल निर्माण व्यवसायी अंगबहादुर ओलीलाई पनि पुरस्कार सहीत सम्मान गरेको छ ।

एक वर्षसम्म गरेका काम र कामको उपलब्धी विवरणलाई नगर प्रमुख रामबहादुर बानीयाँले प्रस्तुत गरेका थिए । बुढीगंगाले सुरुको वर्षलाई नीति निर्माण र पूर्वाधार विकासको आधार तय गर्ने वर्षका रुपमा घोषणा गरेको थियो । बितेको एक वर्षमा उदेश्य अनुसारको काम र प्रतिफल देखाउन पालिका सफल भएको नगरप्रमुख रामबहादुर बानीयाँले बताएका छन् ।

पालिकालाई आवश्यक तीन दर्जन बढी ऐन कानुन र नीति नियम निर्माण गरिएको र बुढीगंगाको विकासका आधारहरु र क्षेत्रहरुको पहिचान गर्न पालिका सफल भएको नगर प्रमुख रामबहादुर बानीयाँले दाबी गरेका छन् । पालिकाले प्रत्येक टोल र बस्ती पुग्ने सडक, खानेपानी, विद्यालय संरचना, सिँचाई कुलो, पर्यटकीय गन्तव्यको पहिचान र खेल मैदानको निर्माण प्रारम्भ सहीतका कामको थालनी गरिसकेको छ ।

प्रदेश र संघ सरकारसँगको सहकार्यमा गर्ने गरि पालिकाकै बजेटमा साविक गाविसका केन्द्र जोड्ने सडक कालोपत्रेको लागि बजेट विनियोजन, भानुदय, त्रिशक्ती र पशुपतिलाई नमुना मावि, ५ र ८ को पालिका स्तरीय परीक्षा, प्रअलाई करार सम्झौता लगायतका कामलाई उपलब्धीको रुपमा लिएको छ ।

१९ करोड अघिल्लो कार्यकालको बेरुजु २ करोड घटाउन सफल भएको, ७ नम्बर बाहेक सबै वडा कार्यालयका भवन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको, पालिकाको भवन निर्माण सकिएको, स्वास्थ्य संस्थाको सुधार र स्वास्थ्य कर्मीको जनशक्ति विकासमा विशेष योगदान पुर्याएको पालिकाले उपलब्धीमा देखाएको छ ।

वडाको माग र स्थानीयको आवश्यकतालाई मध्येनजर गरेर मात्र योजना छनोट गर्ने नीतिगत व्यवस्था गरिएको, एम्बुलेन्स सेवालाई सहज र निशुल्क बनाउने गरि काम अघि बढेको, मानवीय जनशक्ति र उत्पादन बढाउने बुढीगंगाको नीतिलाई कार्यान्वयन गर्न सिप विकास केन्द्र सञ्चालन गरि यसैवर्षबाट सिप हस्तान्त्रणका कार्यक्रम अघि बढाउने गरि काम सुरु गरेको नगर प्रमुख माया कँुवरले बताएकी छन् । वित्तिय प्रगति पनि सन्तोष जनक रहेको दाबी गरेको छ ।

पालिकाले नीति तथा कार्यक्रम सार्वजनिक, बजेट निर्माण, योजना छनोट र प्रगति समीक्षा सबैको सहभागिता र सहकार्यमा गर्ने अभ्यास थालनी गरेको छ । विकासको बाटो बनाउन बुढीगंगाले सबैसँग सहकार्य गरेको प्रति अधिकांश सन्तुष्टी देखिन्छन् । हरेक वर्ष वार्षिक उत्सव मनाउने र बार्षिक प्रगति सार्वजनिक गर्ने नीति पालिकाले लिएको छ ।

बुढीगंगा नगरपालिकाले अन्य पालिकाको भन्दा फरक अभ्यास र विकासमा सबैको सहभागिता गराएर नमुना कामको थालनी गरेको पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्कबहादुर मल्लले बताएका छन् । प्रतिपक्ष भएर पनि निर्णालय काम र कार्यमा सहभागि गराएर सबैलाई समेट्न प्रयास गरेकोमा नेपाली काँग्रेसका नगर सभापति जयराज जैशीले धन्यवाद दिएका छन् ।

विष्णुप्रसा जैशीले सञ्चालन गरेको कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य हिक्मत थापाले रामबहादुर बानीयाँ नेतृत्वको टिमले एक वर्षको अवधीमै नयाँ र केही आशलाग्दो काम र अभ्यासको थालनी गरेको बताएका छन् । सबैलाई चित्त बुझाउने र सबैलाईसँगै लैजान चाहेर पनि संभव हुदैन्, जति गरेको छ, धेरै राम्रो र अरुका लागि सिक्न लायक काम गरेकोमा थापाले धन्यवाद दिएका छन् ।

बुढीगंगाले केही व्यक्ति र समूह पालिकाको बद्नाम र विकासमा अवरोध गर्न लागि परेकोले त्यसका विरुद्ध सबैबीचको सहकार्य आवश्यक रहेको बताएका छन् । काम नगरी वडा पालिका, र योजनालाई निजी विर्ता सम्झीएर पोसिन पल्केकाहरुको आयु सकिने अवस्था आएपछि केही कुरामा विरोध हुनु ठुलो कुरा नभएको बताएका छन् ।

  • सेती कर्णाली खबर
  • बुधबार, असार २७, २०८० 0५:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट