October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सुदूरपश्चिमको बजेट भित्र भौतिक पुर्वाधार बिकासमा प्राथमिकता

  • सेती कर्णाली खबर
  • शनिबार, असार २, २०८० 0६:0८
सुदूरपश्चिमको बजेट भित्र भौतिक पुर्वाधार बिकासमा प्राथमिकता

सेतीकर्णाली खबर

२ असार,  धनगढी /सुदूरपश्चिम सरकारले  चालु बजेटको भन्दा करिब सात अर्ब घटाउँदै आगामी वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार विकासका कार्यक्रम प्राथमिकतामा राखेको दाबी गरेका छन् । आगामी वर्षका लागि चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार, पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार विनियोजन गरिएको छ ।

वित्तीय व्यवस्थातर्फ ३० करोड र अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ २ अर्ब ३४ करोड ७५ लाख ७० हजार अनुमान छ । आगामी बजेटमा आन्तरिक राजस्व १ अर्ब ५० करोड, संघबाट प्राप्त हुने राजस्व बाँडफाँट ९ अर्ब ४१ करोड १७ लाख, वित्तीय समानीकरण ८ अर्ब ५२ करोड ३ लाख, ससर्त अनुदान ४ अर्ब ५१ करोड १६ लाख, समपूरक अनुदान ७७ करोड, विशेष अनुदान ६२ करोड, संघबाट प्राप्त हुने प्राकृतिक स्रोतको रोयल्टी ६ करोड ५६ लाख ८ हजार र यस वर्षको नगद मौज्दातबाट ३ अर्ब ८६ करोड ६७ लाख २४ हजार स्रोत प्राप्त हुने अनुमान गरेको छ ।

स्थानीय तहलाई समानीकरण अनुदानतर्फ ८० करोड ८१ लाख ३५ हजार, ससर्त अनुदान ४९ करोड ४३ लाख ५०, समपूरक अनुदान ६३ करोड ८९ लाख ८५ हजार, विशेष अनुदानतर्फ ४० करोड ८१ लाख विनियोजन गरेको छ । अत्यावश्यकबाहेक सवारीसाधन खरिद नगर्ने, पेट्रोलियम पदार्थबाहेकबाट चल्ने सवारीसाधन करमा २० प्रतिशत छुट दिनेलगायतका कार्यक्रम समावेश छ । अत्तरिया–धनगढी मोनोरेल सम्भाव्यता अध्ययन र बाजुराको ढम्कने पाण्डुसेन सुरुङमार्ग अध्ययनका लागि बजेट विनियोजन गरिएको छ ।

कृषिमा आत्मनिर्भर सुदूरपश्चिम अभियानका लागि एक स्थानीय तह एक कृषक पाठशाला, कृषकलाई शून्य ब्याजदरमा कर्जा, कृषि एम्बुलेन्स, रासायनिक मलको सहज उपलब्धताका लागि अनुदानलगायत कार्यक्रम ल्याएको मन्त्री शाहीले बताए ।

  • सेती कर्णाली खबर
  • शनिबार, असार २, २०८० 0६:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट