October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

खाणले आफ्नो निवासमा बरामद भएको गोप्य कागज इन्सपेक्टरको हातबाट खोसेर चपाइदिए

  • सेती कर्णाली खबर
  • आइतवार, बैशाख ३१, २०८० 0३:00
खाणले आफ्नो निवासमा बरामद भएको गोप्य कागज इन्सपेक्टरको हातबाट खोसेर चपाइदिए

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफ्नो निवासबाट प्रहरीले बरामद गरेको गोप्य कागज खोसेर चपाइदिएको समाचार आजको नयाँ पत्रिकाले प्रकाशित गरेको छ । समाचारमा जनाइएअनुसार उक्त कागज आफूविरूद्ध बलियो प्रमाण बन्नसक्ने भएकाले उनले नष्ट गरिदएका हुन्
भुटानी शरणार्थीका नाममा भएको ठगीमा संलग्नता देखिएपछि कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्न गएको प्रहरी टोलीले मैजुबहालस्थित उनको घरमा खातलासी पनि गरेको थियो । त्यसक्रममा एउटा गोप्य कागज पनि बरामद भएको थियो । तर, एकछिनमै प्रहरीको हातबाट खोसेर खाणलेत्योकागजचपाएर निलिदिएका थिए ।

खानतलासी गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर राजन लामाले खाणका भान्सेको साथबाट सो पत्र बरामद गरेका थिए । त्यो पत्र खाणले भान्सेमार्फत कसैलाई दिन खोजेका थिए, जसमा ठगी प्रकरणसँग सम्बन्धित विषय भएको स्रोत बताउँछ । त्यो पत्र आफूविरुद्धको बलियो प्रमाण हुने थाहा पाएपछि खाणलेखोसेर चपाइदिएको प्रहरीको आकलन छ ।
त्यस विषयमा प्रहरीले भान्सेको समेत कागज गराएको छ । ‘इन्स्पेक्टरसाब त्यो कागज हातमा लिएर उहाँ (खाण)लाई गाडीमा हाल्ने प्रयासमा हुनुहुन्थ्यो, त्यही मौकामा खोसेर चपाएर निलिदिनुभयो,’ खाणलाई पक्राउ गर्न गएकापरिसरका एक प्रहरीले भने ।
खाणले अहिले थुनामा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई सो कागज दिन खोजेको सूचना प्रहरीले पाएको छ । सुरुमा पाण्डेले इन्कारी बयान दिएका थिए । तर, पछि उनको मोबाइलमा आर्थिक लेनदेनका कुराकानी भेटिएपछि पैसा लिएको स्वीकार गर्दै आफ्ना लागि नभई तत्कालीन गृहमन्त्री खाणका लागि लिएको ततिम्बा (पूरक) बयान दिएका छन् ।

  • सेती कर्णाली खबर
  • आइतवार, बैशाख ३१, २०८० 0३:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट