October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

विद्युत प्राधिकरणका सञ्चालकको योग्यता तोक्न ऐन संशोधन हुँदै

  • सेती कर्णाली खबर
  • शुक्रबार, बैशाख २९, २०८० 0८:४२
विद्युत प्राधिकरणका सञ्चालकको योग्यता तोक्न ऐन संशोधन हुँदै

वैशाख, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका सञ्चालक नियुक्तिलाई कडाइ गर्ने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार गरेको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामा नेपाल विधुत प्राधिकरण ऐन, २०४१ मा संशोधनको प्रस्ताव गर्दै सञ्चालक सदस्यहरुको योग्यता तोक्न प्रस्ताव गरिएको छ ।
प्राधिकरणमा सञ्चालक हुन अब अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्त वा व्यवस्थापन विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र वित्त व्यवस्थापन वा परियोजना लगानीको क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको वा विगत पाँच वर्षदेखि कम्तीमा १२ जना नेपालीलाई रोजगारी प्रदान गरी नेपाल सरहदभित्र उद्योग सञ्चालन गरिरहेको व्यक्तिहरुमध्येबाट एकजना मनोनित गर्न सक्ने प्रस्ताव गरिरएको छ । हाल उद्योग वाणिज्य तथा वित्तीय क्षेत्रमा संलग्न व्यक्तिमध्येबाट एक जना सदस्य नियुक्त गर्ने व्यवस्था छ ।
यस्तै कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र उपभोक्ताको हक हितसँग सम्बन्धित निकाय वा संस्थामा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त गरको विद्युत उपभोक्ताहरुमध्येबाट अर्का एक जना सञ्चालक मनोनित हुने गरी ऐन संशोधन गर्न प्रस्ताव गरिएको छ । हाल विद्युत उपभोक्तामध्यबाट एक जना नियुक्त गर्ने व्यवस्था छ ।
इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी जलविद्युत वा पूर्वाधारको क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएका व्यक्तिहरुमध्येबाट दुई जनालाई सञ्चालकमा मनोनित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । अहिले विद्युत क्षेत्रमा विशेषज्ञता हासिल गरेको २ जनालाई सदस्य बनाउन सक्ने व्यवस्था छ ।
ऐन संशोधनपछि हाल प्राधिकरणका रहेका सदस्यहरु मनोनित हुँदाका बखत तोकिएको कार्यविधिसम्म बहाल रहने प्रस्ताव विधेयकमा गरिएको छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, बैशाख २९, २०८० 0८:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?