October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नरेश शाही भन्छन तपाईहरुको पिडामा मल्हम लगाउन म संधै प्रतिबद्ध छु ।

  • सेती कर्णाली खबर
  • बुधबार, कार्तिक ३०, २०७९ 0२:३७
नरेश शाही भन्छन तपाईहरुको पिडामा मल्हम लगाउन म संधै प्रतिबद्ध  छु ।

 उमेश जंग शाही,कार्तिक ३० बाजुरा  –बाजुरा प्रदेश क का नेकपा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका नरेश शाही यति बेला आफ्नो गृह गाउँपालिकामा चुनाबि प्रचार – प्रसार तथा घरदैलो अभियानमा ब्यस्त रहेका छन्। गठबन्धन बाट प्रदेश क का साझा उम्मेदवार नरेश शाहीको चुनावी प्रचारप्रसार तिब्र रुपमा अघि बढेको छ ।
राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष रहेका शाहीलाई नेपाली काँग्रेसले पुर्णरुपमा समर्थन गरेर चुनावी प्रचारप्रसार तिब्र पारिरहेका छन् ।

स्वामिकार्तिक खापर गाउँपालिकाको घरदैलो कार्यक्रममा प्रदेश क, का गठबन्धनका साझा उम्मेदवार नरेश शाहीले पहिरो प्रकोपको पिडाले च्यापिएका जनताहरुलाई भने “फूलमाला र टीकामार्फत् तपाईंहरूले प्रदान गर्नुभएको न्यानो स्नेहले मेरो आत्मविश्वास झनै बढेको छ । पहिरो र प्रकोपले बस्ती उजाड र मन दुःखी बनाएको छ तर तपाईंहरूको पिडामा मल्हम लगाउन म सधैं प्रतिबद्ध छु ।
सुरक्षित बासस्थानको प्रबन्धका लागि मैले सक्दो पहल गर्नेछु” भन्दै आफ्नो प्रतिबद्धता जनाए ।
बाजुरा जिल्ला सबैभन्दा गरिब जिल्ला हो । बाजुराको पनि सबै भन्दा बढी गरिब गाउँपालिका स्वामीकार्तिक गाउँपालिका हो । शाही स्वामीकार्तिक खापर गाउँपालिकामा जन्मेका हुन् । हिमाली, जगन्नाथ गाउँपालिका र बुढिनन्दा नगरपालिका पनि गरिबको अग्रस्थानमा रहेका छन् । शाहीले मतदाता भेटघाटमा क्रममा मतदाता सँग भने अन्य समस्या पनि धेरै छन्, सबै भन्दा मुख्य चुनौती र समस्या गरिबि रहेको वताए । गरिबि न्युनिकरणका लागि रोजगारिको सिर्जना सँगै विकास निर्माणमा आफ्नो भुमिका रहने वताएका छन् ।
गरिबि न्युनिकरणका लागि शिक्षा, स्वास्थ्य, बिद्युक्त, सिचाइ, खानेपानी लगायतका क्षेत्रमा लगानि गर्ने शाहीले वताएका छन् । पहिलो त नागरिकले राम्रो सँग खान लगाउन पाउनु हो, त्यो पहिलो प्राथमिकता हो त्यो सँगै अन्य सामाजिक सवाल र मुद्धामा आफु लाग्ने वताएका छन् । काँग्रेसको बलियो साथ पाएका शाहीले आफ्नो पक्षमा जनमत रहेको दाबि गरिरहेका छन् ।
शाहीले शिक्षामा आमुल परिवर्तन गर्नका लागि बिभिन्न एजेण्डा अगाडि सारेका छन् । शिक्षा बाट कोही पनि बञ्चित नहुने खाले रणनिति घोषणा पत्रमा उल्लेख गरेका छन् । प्रदेश क को स्वास्थ्य निकै कहाली लाग्दो रहेको छ, उपचार अभाबमा कोहीले पनि अकालमा ज्यान गुमाउने बाध्यता हटाउन प्रतिबद्ध भएको शाहीले वताएका छन् ।
बिद्युक्तको राष्ट्रिय प्रशारणलाइ जोडेर सबै नागरिकलाई बिद्यूक्तको पहुँचमा पुयाउने उनको योजना रहेको छ । सञ्चार बिमुख रहेका गाउँलाई सञ्चारको पहुँचमा जोडन लाग्ने शाहीले वताएका छन् । शाहीले सेतिकर्णाली खबर सँग भने गाउँमा आफुले चुनावी एजेण्डा लिएर पुग्दा मतदाता निकै उत्साहित भएको वताए । आफुले काम गर्ने प्रतिबद्धता जनताका मुद्धा रहेकाले आफुलाई जनताको ठुलो साथ रहेको बताए। आफुलाई कलम चिन्हमा मतदान गरि बहुमतका साथ बिजय गराउन हुन प्रदेश क का उम्मेदवार नरेश शाहीले जनताहरुलाई अनुरोध गरेका थिय ।

  • सेती कर्णाली खबर
  • बुधबार, कार्तिक ३०, २०७९ 0२:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट