October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेकपा एकिकृत समाजवादीले गर्यो संघिय सांसदका उम्मेदवार नरेश शाहीलाई सिफारिस

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ १२, २०७९ १५:५६
नेकपा एकिकृत समाजवादीले  गर्यो संघिय सांसदका उम्मेदवार  नरेश शाहीलाई सिफारिस

उमेश जङ्ग शाही, बाजुरा- नेकपा एकीकृत समाजवादी बाजुराकाे विस्तारित बैठकले युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाहीलाई प्रतिनिधि सभासदस्यकाे उम्मेद्बार सर्वसम्वत सिफारिस गरिएकाे छ । शाही बाजुराकाे विकास बादी नेताका रूपमा परिचित छन । शाहीकाे उम्मेदारीले बाजुराका युवाहरूमा खुसियालि छाएकाे छ । शाही बाजुरा कम्युनिस्ट आन्दाेलनकाे एक सच्चा एवम निस्ठावान ब्यक्तिका रूपमा परिचित हुनुहुन्छ । त्यस्तै जिल्ला कमिटीकाे विस्तारित बैठकले निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा एकीकृत समाजबादी पाटीका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज हिक्मत बहादुर शाही, जिल्ला पाटी सचिव पुर बहादुर रावत र युवासंघ नेपालका केन्द्रीय उपमहासचिव धर्म बहादुर शाहीलाई सिफारिस गरेकाे छ भने प्रदेश (ख) कालागि पाटिका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गगन रावल र मन्देवि साउद खड्कालाई सिफारी गरिएकाे छ । संघिय समानुपातिक तर्फ काँशि नेपाली ,दावा गुरूङ् भाेटे र सत्य खड्का थापालाई सर्वसम्वत सिफारिस गरिएकाे छ । त्यस्तै प्रदेश समानुपातिक तर्फ अमृता रावल बाेहाेरा र सतल कामी विकलाई सिफारीस गरेकाे छ ।
बैठक आज मार्तडिमा विभिन्न निर्णय पारित गर्दै सम्पन्न भएकाे छ । नेकपा एकीकृत समाजबादि बाजुराका अध्यक्ष गगन रावलकाे अध्यक्षतामा बसेकाे बैठकले स्थानिय चुनावकाे समिक्षा र कार्यान्वयन आगामि मंसिर ४ गते हुने प्रदेश र संघकाे चुनावकाे पुर्वतयारी, उम्मेद्वार सिफारीस लगाएतका विभिन्न निर्णय गरेकाे छ । जिल्ला अध्यक्ष रावलकाे अध्यक्षतामा सञ्चालन भएकाे बैठककाे नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य हिक्मत बहादुर शाही प्रमुख अतिथि रहनुभएकाे थियाे भने त्यस्तै पाटीका केन्द्रीय सदस्य तथा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाही विशिष्ट अतिथि रहनुभएकाे थियाे । बैठकमा केन्द्रिय परिसद सदस्य काँशी नेपाली, प्रदेश कमिटी नबराज जैशी र किट्टाे लुवार पाटी सचिव पुर्ण बहादुर रावत उपचिव नीर बहादुर शाही लगाएत नेता अतिथि रहनुभएकाे थियाे । कार्यलय सचिव दिर्ध राज पाध्यायले संचालन गर्नुभएकाे बैठकमा नाैं वटै स्थानिय तहका पाटी ईन्चार्ज हरूले स्थानिय तहकाे चुनाव पाटीकाे हाल सम्मकाे अबस्था पाटीले संचालन गरेका गतिविधिहरूकाे समीक्षा सहित रिपाेर्टिङ गरिएकाे थियाे । बैठकले आज प्रदेश र संघकाे उम्मेदार सिफारिसकाे टुङ्गाे लगाउने पाटीका सचिवालय सदस्य अनिल शाहीले जानकारी दिनु भएकाे छ । त्यस्तै अधिकांश बक्ताले स्थानिय निर्बाचनमा गठबन्धन प्रभावकारी नभएकाे भन्दै आगामि मंशिर ४ गते हुने निर्वाचनमा गठबन्धनकाे भर पर्नु भन्दापनि आफ्नाे तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएकाे छ ।  चुनावमा कसैलाई जिताउने हराउने भन्दा पनि आफ्नाे पाटीका उम्मेदारलाई कसरी जिताउने भन्ने तर्फ ध्यानदिनु पर्ने भन्दै नेता कार्य कर्तालाई निर्देशन दिएकाे छ । आजको बैठक  बेलुका ९ बजे सम्म सञ्चालन भएको हो आजको बैठकलाई  स्थगित  गर्दै भाेली बिहान पुन: ७ बजे बैठक आह्वान  गरिएको छ।

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ १२, २०७९ १५:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट