October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

५२ घर परिवार काङ्ग्रेस परित्याग गरी माओवादीमा प्रवेश

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख ७, २०७९ १0:५0
५२ घर परिवार काङ्ग्रेस परित्याग गरी माओवादीमा प्रवेश

बाजुरा, स्थानिय तहको निर्वाचन नजिकिदै छ । यति वेला विभिन्न राजनितिकदल शहर देखि गाउँ गाउँ सम्म चुनाव लक्षित कार्यक्रम गर्न ब्यस्त छन । आउदो वैशाख ३० गते हुने स्थानिय निर्वाचनको तयारीका लागि राजनितिक दल विभिन्न कार्यक्रम र सहयोग लिएर शहरमा मात्र केन्द्रित छैनन गाउँ गाउँ सम्म पसेका छन । स्थानिय तहको निर्वाचन आउन २३ दिन वाकि रहदा राजनितिक दलले चुनाव लक्षित कार्यक्रम मात्र होईन पार्टी प्रवेश कार्यक्रमलाई पनि उत्तिकै महत्व दिएका छन । पछिल्लो समय नेकपा एकिकृत समाजवादि र नेकपा माओवादि केन्द्रमा पार्टी प्रवेश गर्नेको जनलहर चलेको छ । नेपाली काग्रेस र एमालेमा आवद्ध रहेका पार्टीका नेता तथा कार्यक्रता सो पार्टीमा आवद्ध हुन थालेका । शोमवार मात्र स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ का ५० वढि घर परीवार नेकपा माओवादि केन्द्रमा प्रवेश गरेका छन । नेकपा माओवादि केन्द्र स्वामीकार्तिकले सञ्चालन गरेको चुनाव लक्षित कार्यक्रममा ५२घर परीवार माओवादि पार्टीमा प्रवेश गरेका हुन । नेपाली काग्रेस ,नेकपा एमाले र समाजवादि पार्टी परीत्याग गरी उनिहरु नेकपा माओवादि पार्टीमा प्रवेश गरेका माओवादि केन्द्र प्रदेश कमिटी सदस्य धनलाल कडाराले जानकारी दिनुभयो । उहाँले नेपाली काग्रेसका जिल्ला कार्यसमिति सचिव भरत रोकाया लगायतका नेताको गृह वडाका स्थानियले पार्टी प्रवेश गरेका बताउनुभएको छ । स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्षका आकाक्षिं समेत रहनुभएका रोकायाको क्षेत्रबाटै स्थानियले पार्टी प्रवेश गर्नु दुर्भाग्यपुर्ण भएको प्रदेश कमिटी सदस्यकडाराले बताउनुभएको छ । विचार, सिद्धान्त र कार्यशैलीमा लोकप्रियता पार्टी नेकपा माओवादि केन्द्र आम नागरीकको भरोषाको केन्द्र वनेको छ । बाजुरामा नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादि केन्द्र, एकिकृत समाजवादि र राप्रपा नेपाल लगायतका दल चुनावमा सहभागि हुने भएका छन । नेकपा एमाले र राप्रपा वाहेक अन्य तिन दलले स्थानिय चुनावमा तालमेल गरेर जाने तयारी गरीरहेका छन । तर सत्ता गठनवन्धमा रहेका दलले स्थानिय चुनावमा तालमेल गर्ने सहमति भए पनि भागवण्डामा भने सकस देखिएको छ । नांै वटा स्थानिय तह रहेको बाजुरामा कुन पालिका कुन पार्टीले लिने र नेतृत्व कसले लिने भन्ने अन्यौले कायमै रहेको छ । जिल्ला तहमा तालमेलको सहमति हुन नसके पछि सत्ता गठवन्धनले प्रदेश कमिटीलाई जिम्मा दिएको छ । यस वारे थप निर्णय गरेर प्रदेश कमिटीले ९ गते भित्र भागवण्डा टुंग्याउने बताईएको छ ।

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख ७, २०७९ १0:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट