October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली १ नेटामा १२ वर्ष पछि चौकी स्थापना

  • सेती कर्णाली खबर
  • आइतवार, चैत्र १३, २०७८ १३:५७
हिमाली १ नेटामा १२ वर्ष पछि चौकी स्थापना

 

बाजुरा १३ चैत्र
जिल्लाको हिमाली गाउँपालिका वडा नं १ नेटामा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ ।आइतबार एक कार्यक्रमका वीच प्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेलले उक्त चौकीको स्थापना गरेका हुन् ।उक्त स्थानमा अस्थाई प्रहरी चौकीको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी चर्तुभुज ओक्षाले जानकारी दिए । साविकको विच्छयाँ गा.वि.मा रहेको प्रहरी चौकी तत्कालीन शसत्र द्वन्दमा असुरक्षाको कारण देखाई रुगिन गा.वि.स.को कवाडी सरेको थियो । भौगलिक रुपमा जिल्लाकै ठूलो उक्त क्षेत्रमा प्रहरी चौकी नहुदा त्यहाँ जनताले सुरुक्षाको प्रत्याभुती गर्नपाएका थिएनन । गाउँपालिका अध्यक्ष गोविन्द ब. मल्लको पहलमा १२ वर्ष पछि सो ठाउँमा चौकी स्थापना भएको हो ।आइतबार सो कार्यक्रममा गाउँपालिका अध्यक्ष गोविन्द ब. मल्ल, उपाध्यक्ष चन्द्र बुढा,नि.कार्यकारी प्रमुख राज ब. भण्डारी,वडा न.१ अध्यक्ष लालजित थापा ,पत्रकार लागएत स्थानी वासीहरुको सहभागिता रहेको थियो । सो स्थानमा स्थापना गरिएको चौकीलाई स्थानीयहरूले भव्य स्वागत गरेका थिए ।

  • सेती कर्णाली खबर
  • आइतवार, चैत्र १३, २०७८ १३:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट