October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

राष्ट्रिय सभा निर्वाचन – वाम लोकतान्त्रिक संयन्त्रको संयोजकमा : मन्त्री सोडारी

  • सेती कर्णाली खबर
  • सोमवार, माघ ३, २०७८ 0८:१३
राष्ट्रिय सभा निर्वाचन – वाम लोकतान्त्रिक संयन्त्रको संयोजकमा : मन्त्री सोडारी

धनगढी / वाम लोकतान्त्रिक गठवन्धनका राष्ट्रिय सभा सदस्यका उम्मेदवारलाई जिताउन तीन सदस्यीय संयन्त्र गठन भएको हो ।

सोमबार धनगढीमा बसेको तीन दलिय गठवन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता तथा प्रदेश सरकार भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीको संयोजकत्वमा संयन्त्र बनेको छ ।

संयन्त्रमा नेपाली काँग्रेसका तर्फबाट धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादु वड र नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानवहादुर धामी सदस्य भएका छन ।

बैठकमा सुदूरपश्चिम क्षेत्रबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरु मदनकुमारी शाह (गरिमा), नारायणदत्त मिश्र र जगतबहादुर पार्कीको उपस्थिति थियो ।

शाह नेकपा (एकीकृत) समाजवादी, मिश्र नेपाली काँग्रेस, पार्की माओवादीका तर्फबाट उम्मेदवार छन् । शाह महिला, मिश्र खुला तथा पार्की दलित तर्फका उम्मेदवार हुन ।

यसैगरेर बैठकमा नेपाली कांग्रेसका प्रदेश सभापति वीरबहादुर वलायर, माओवादीका नेता खगराज भट्ट, नेकपा (एकिकृत समाजवादी) का प्रदेश अध्यक्ष विक्रम शाही र जनता समाजवादी पार्टीका नेता तथा प्रदेश सभा सदस्य मालामति राना लगायतको उपस्थिति थियो ।

राष्ट्रिय सभाको चुनाव माघ १२ गते धनगढीमा हुँदैछ । सो चुनावमा ८८ स्थानीय तहका १७५ जना प्रमुख तथा उपप्रमुख र प्रदेश सभाका ५२ जनाले मतदान गर्नेछन् ।

  • सेती कर्णाली खबर
  • सोमवार, माघ ३, २०७८ 0८:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट