October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेता विसीको सक्रियतामा जाजरकोट र दैलेखको सिमाना सुयाडामा प्रहरी चौकी स्थापना

  • सेती कर्णाली खबर
  • बुधबार, पुस १४, २०७८ 0५:१२
नेता विसीको सक्रियतामा जाजरकोट र दैलेखको सिमाना सुयाडामा प्रहरी चौकी स्थापना

जाजरकोट । दैलेख र जाजरकोटको सिमाना सुयाडामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । जाजरकोटको छेडागाड नगरपालिका २ मा पर्ने सुयाडामा माग गरेको लामो समय पछि प्रहरी चौकी स्थापना भएको हो । नेकपा (एकीकृत समाजवादी) जाजरकोटका अध्यक्ष एवम् केन्द्रिय सदस्य कृष्ण बहादुर विसीको लगातारको सक्रियता पछि प्रहरी चौकी स्थापना भएको हो । अस्थायी प्रहरी चौकी नेता विसी सहित छेडागाड नगरपालिकाका मेयर लाल बहादुर महतारा, प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा, प्रहरी प्रमुख (डिएसपी) मधुकुमार थापा, वडाध्यक्षहरु बालकृष्ण बुुढा र गणेश प्रसाद जैंसी लगाएतको उस्थितिमा उद्घाटन गरिएको हो । दुई जिल्लाको सिमाना, पर्यटकीय स्थल तथा मध्यपहाडी लोकमार्गका कारण आवत जावत बढ्न थालेपछि नै प्रहरी चौकी माग गरिएको र लामो प्रयास पछि अहिले सो माग पुरा भएको नेता विसीले जानकारी दिए । सो ठाउँमा भएको बस्ती विकास र मध्यपहाडी लोकमार्ग हुँदै आवत जावत बढेपछि सबै तहबाट आवश्यक प्रक्रिया पुरा गरी प्रहरी चौकी माग गरेका हौं, नेता विसीले भने “अहिले पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य शक्ति बहादुर बस्नेत, राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्मा लगाएतका नेताहरु…

  • सेती कर्णाली खबर
  • बुधबार, पुस १४, २०७८ 0५:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट