सेतीकर्णाली खबर
शारदा शाही फागुन २६ बाजुरा / स्वामिकार्तिक खापर गाउँपालिका स्थित माछा मार्न गएका भण्डारीको भिरबाट खसेर मृत्यु भएको छ। वार्ड नं. २ को हाँडे भिर कर्णाली नदिको किनारमा माछा मार्नको लागि झरौँला (पासा) थाप्न जाने क्रममा हिजो ४ बजे दिउसो भिरमा लडेर पुसे भण्डारीको मृत्यु भएको वडा नम्बर २ का अध्यक्ष विष्नु बुढाले सेतीकर्णाली खबरलाई जानकारि दिएका छन।मृतक भण्डारीको लासलाई स्थानीय सहित जुड्डी प्रहरी चौकि प्रमुख रमेश रावलको टोलीले सुरक्षा दिइएको र बिहान कोल्टी इलाका प्रहरीकार्यालय प्रमुख निरिक्षिक लोकराज अवस्थितको टोली घटनास्थल तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
करिव ३/४ सय मिटर तल निकै बिकराल डरलाग्दो भिरबाट लडेर पुसे भण्डारी को छेदबिछेद भएको थियो । मृतक भण्डारीले आफन्तलाई आफु लडेको जानकारी गराएका थिय । आफन्तसंग भेट भएर आफ्नो हात खुट्टा भाचिएको अरु केहि नभएको बताएका थिय १ घन्टा पछि अवस्था गम्भीर हुदै गएर घटना स्थलमा मृत्यु भएको आफन्तले बताएका छन । मृतकको लास
डोरिबाट पनि उद्वारको सम्भावना नभएकाले कर्णाली नदिबाट र्याफटिङको सहायताले भिरबाट निकाल्नु पर्ने भएकाले र्याफ्टिङ लिन स्वामिकार्तिक गाउपालिका केन्द्र सुइजिला तर्फ स्थानियलाई पठाएको र प्रहरीको टोली भर्खरै घटना स्थल पुगेको वडा अध्यक्ष बुढाले जनाएका छन ।