October 25, 2024 | शुक्रबार, कार्तिक ९, २०८१

शैलेश्वरी माविको ५ कोटाको भवन हावाले क्षति पुर्‍याए

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख १९, २०८१ ११:४८
शैलेश्वरी माविको ५ कोटाको भवन हावाले क्षति पुर्‍याए

बाजुरा- शैलेश्वरी माध्यमिक बिधालयको ५ कोटाको भवन हावाले क्षति पुर्‍याएको छ।

हिमाली गाउँपालिका वडा नम्बर ४ को फैती रहेकोे शैलेश्वरी माध्यमिक बिधालय भवन आज दिउँसो २ बजेको एकासी आएको हावाहुरीले गर्दा ५ कोठा पुरै भवनको छत उडाएको हुँदा समस्या भएको छ। शैक्षिकसत्र सुरु संगै पठनपाठन सुरु भएको केहि दिनमा बिधालय कक्षा १ देखि ५ सम्म पढाई हुने कोठाको भवन हावाहुरी क्षति भएको प्रधानाध्यापक गोपानन्द पाण्डेले बताएका छन।

बिधालयको कक्षा कोठामा भएको कुर्सी, टेबुल, टि.भि. बेन्च तथा पढाई चाहिने सामाग्री अहिले अरु कोठामा सुरक्षित राखेको छ। अरु कोठा भएको सामान क्षतिपूर्ती केहि नभएको भवन बाहिर जस्ता छोएको छत हावाहुरीले उडाएको छ। यसले बालबालिकाहरु लाई पढाई अवरोध हुने भएको छ

एकासी बिधालय भवन हावाहुरीले जस्ता छाएको भवनमा समस्या भएको कारणले विद्यार्थीहरुलाई पठनपाठन निकै समस्या हुने भएको छ। अब भवनको छत हावाले उडाएको हुँदा तत्कालीन विद्यार्थी पढाई अवरुद्ध हुने देखिन्छ। विशेषगरी बैशाख, जेष्ठ र असार महिना गर्मी बाहिर पढाउन नसकिने अवस्था छ। भएको भवनमा पनि हावाले उडाएको बिद्यार्थी पठनपाठन जटिल समस्या हुने भएको छ।

बिधालय कोठाको भवन हावाले उडाएको जस्ता पुनः प्रयोग गर्न नमिल्ने खालको रहेकोे छ। पुरै नयाँ जस्ताको आवश्यकता भएको हुँदा अहिले तत्कालीन बिधालय पढाई समस्या आउने भएको छ। अहिले तत्कालीन भवनको समस्या समाधान गर्ने विकल्प बिधालय परिवारबाट हुनसक्ने छैन। यसलाई समाधान गर्न स्थानीय सरकारलाई सहयोग अपेक्षा समेत राखेको प्रधानाध्यापक पाण्डेले बताए।

  • सेती कर्णाली खबर
  • -