बुधबार, माघ ३०
अधिराज्य भरी सरकारले अभियानका रुपमा सञ्चालन गरेको एचपीभी खोप अभियान कै रुपमा संञ्चालनमा ल्याएकाे हुदा बाजुरामा हालसम्म ७ हजार ६ सय ४७ जना किसाेरीलाई खोप लगाइएको छ ।
यही माघ २२ देखि २९ गतेसम्म महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभीे खोप जिल्लाका ९ वटै पालिकाका ७ हजार ६ सय ४७ जना अर्थात ९७ प्रतिसत किसिरीलाई खाेप लगाईएकाे हो ।
जिल्ला स्वा स्थ्य कार्यालय बाजुराका अनुसार हिमाली गाउँपालिका र बुढीनन्दा नगरपालिकामा अहिले पनि खोप अभियान सञ्चालन भई रहेको छ भने अन्य पालिकामा करिब सम्पन्न भइसकेकोस्वास्थ्य कार्यालयका खोप कार्यक्रम फोकल पर्सन खडकराज गिरीले जनाएकाछन् ।
जिल्लामा हालसम्म करिब ७ हजार ६ सय ४७ अर्थात ९७ प्रतिशत किशोरीहरुलाई खोप लगाई सकेको गिरीले बताएका छन् । उनका अनुसार अझै विद्यालय जाने र नजाने गरी २ सय ४७ किशोरीहरुलाई एचपीभी खोप लगाउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले बतएकाे छ। त्यस्तै कोही खोप लगाउन बाँकी रहेको छ भने नजिकको स्वास्थ्य संस्थामा गएर खोप लागउनउन समेत आग्रह समेत गरेकाे छ।
यसअघि स्वास्थ्य कार्यालयले एचपीभी खोप अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रम गर्दै जिल्लाभर ७ हजार ८ सय ९४ अर्थात सत प्रतिशत किशोरीलाई नै खोप लगाउने लक्ष्य रहेको बताएको थियो ।
एचपीभी खोप देशभरी अभियान कै रुपमा माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन भइरहेको छ ।