October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

छेडेदह गोल्ड कप २०८१”आजबाट सुरुवात भएकाे छ

  • सेती कर्णाली खबर
  • शनिबार, कार्तिक ३, २०८१ १४:४२
छेडेदह गोल्ड कप २०८१”आजबाट सुरुवात भएकाे छ

कार्तिक ३,
बाजुरा जिल्लाकाे खप्तडछेडेदह गांउपालिकाकाे आटीचाैरमा  “छेडेदह गोल्ड कप २०८१”आजबाट सुरुवात भएकाे छ ।  उक्त खेल उद्घाटनभने सुदुरपश्चिम प्रदेश सांसद माननिय पदम बहादुर शाहीले उद्धघाटन गरेका छन्। शनिबार अर्थात आजबाट सुरु भएको गोल्डकपको एक औपचारीक कार्यक्रमका बिच प्रदेश सांसद शाहीले भब्य रुपमा समृद्धघाटन गरेका हुन् । छेडेदह स्पोर्टस् क्लवको आयोजना र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको उक्त गोल्ड कपको आज भब्य रुपमा प्रदेश सांसद पदम बहादुर शाहीले उद्धघाटन गर्नुभएको आयोजक छेडेदह स्पोर्ट क्लबले जनाएको छ ।

कार्तिक ३ अर्थात आजबाट सुरु भएको उक्त गोल्डकप कार्तिक १० गतेसम्म सञ्चालन हुने भएको छ । गोल्डकपमा विजेतालाई तीन लाख र उपविजेतालाई दुई लाख पुरस्कार राशी रहेको छ । सुदुरको पहाडी जिल्लामा हुने खेल प्रतियोगिताको सबैभन्दा ठुलो धनरासीको प्रतियोगिता रहेको क्बलबले जनाएको छ ।सुन्दरनगरी आटीचौरमा २०७६ सालपछि हरेक बर्ष प्रतियोगिताको आयोजना गरिदै आएको छ ।खेलको स्थान छेडेदह तालको सुन्दरता र खेलको उत्साहको संगमले दर्शकलाई आकर्षित गर्ने गरेको छ र खेलाडीहरूले क्षेत्रीय र राष्ट्रियस्तरका खेलाडीहरूको खेल प्रत्यक्ष अवलोकन गर्ने पाउने आयोजक छेडेदह स्पोर्टस क्लबले जनाएको छ । “खेल क्षेत्रको शान,छेडेदह गोल्डकप बाजुराको पहिचान” भन्ने मुल नाराका साथ आयोजनाको छैटौ संस्करण छेडेदह गोल्ड कप २०८१ आजबाट सञ्चालन भएको आयोजकले बताएको छ ।

प्रतियोगीतामा १३ वटा फुटबल टोलीले सहभागीता जनाएको आयोजकले बताएको छ । क्लवका कार्यबाहक अध्यक्ष लक्ष्मण वलीको अध्यक्षतामा सञ्चालन भएको गोल्डकपको छैटौं संस्करणको उद्घाटन समारोहमा प्रमुुख अतिथि प्रदेश सांसद पदम बहादुर शाही रहेका थिए ।त्यस्तै विशिष्ट अतिथि प्रदेश सभा सदस्य जुना दानी, अतिथिमा खप्तड छेडेदह गाउपालिका अध्यक्ष दिल बहादुर रावत, उपाध्यक्ष बिशु नाथ, नेकपा एमाले बाजुराका अध्यक्ष लाल बहादुर वली, काग्रेस जिल्ला सचिव तिलक पुरी, नेकपा एसका अध्यक्ष पुर बहादुर रावत, त्रिबेणी नगरपालिका प्रमुख कर्ण बहादुर थापा, उपप्रमुख कमला न्यौपाने, बुढिनन्दा नगरपालिका प्रमुख जनक बोहरा, बडिमालिका नगरपाालिका उपप्रमुख नन्दा थापा, गौमुल गाउपालिका उपाध्यक्ष सीता थापा बाजुरा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु रहेका थिए ।

त्यस्तै कार्यक्रममा सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, स्थानीय लगायत जिल्लास्थित बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थित रहेको थियो । छेडेदह गाउपालिका उपाध्यक्ष बिशु नाथले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन क्लवका सचिव नरेश नाथले गरेका थिए ।

  • सेती कर्णाली खबर
  • शनिबार, कार्तिक ३, २०८१ १४:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट