October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पुस्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवस जगन्नाथमा बिरुवा रोपेर मनाईदै

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन ८, २०८१ ११:४६
पुस्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवस जगन्नाथमा बिरुवा रोपेर मनाईदै

 

सेतीकर्णाली खबर

८ साउन बाजुरा- बाजुरा जिल्लाको उत्तरपुर्वि क्षेत्र  जगन्नाथ  गाउँपालिका स्थित नेपाल कम्युनिस्ट पार्टिका संस्थापक महासचिव पुस्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसको अवसरमा जगन्नाथ गाउँ कमिटिले बृक्षारोपण  गरि मनाएको छ  ।नेकपा एमाले जगन्नाथ गाउँ कमिटीको आयोजनामा एमाले जिल्ला कमिटी सदस्य तथा जगन्नाथ गाउँ पालिका उपाध्यक्ष मरुकला बिष्ट, जिल्ला कमिटी सदस्य तथा वडा नम्बर ५ का अध्यक्ष गौरि सार्कि, जिल्ला कमिटी सदस्य तथा निवर्तमान वडा नम्बर ६ का अध्यक्ष कटक बिष्ट लगायत नेता कार्यकर्ताको सहभागीतामा र सिङ्गो गाउँ कमिटि  वडाका पदाधिकारी हरुको सहभाहितामा जगन्नाथ गाउँ पालिकाको दस शैया अस्पतालको वरिपरि बृक्षरोपण गरि मनाएको छ ।

नेकपा एमाले नव निर्वाचित गाउँ कमिटीको टिमले आफ्नो कार्यकालमा नयाँ र फरक तरिकाले काम गर्ने बताउदै यो आयोजना गरि मनाएको गाउँ कमिटी अध्यक्ष नन्द बहादुर शाहले जानकारी दिनुभयो  । जगन्नाथ गाउपालिका वडा नं १ देखि ६ वडाकै सम्पुर्ण नेता कार्यकर्ता पदाधिकारी र पालिकाका कर्मचारी हरुको उपस्तिथिमा २२० भन्दा बढि विभिन्न जातका बिरुवा रोपेर स्मृति दिवस भब्यताका मनाएको गाउँ कमिटी सचिव टक्क कामिले जानकारी दिनुभयो ।

पुस्पलाल स्मृति दिवस लाइ  अर्सोउल्लासका साथ मनाउन वडा नम्बर ६ का कृषक विरवल सार्की लगायतका कृषकले बोट विरुवा उपलब्ध गराई सहयोग गरेकाे सचिब कामिले जानकारी दिनुभएको हो ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन ८, २०८१ ११:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट