October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

खलिय समाज सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

  • सेती कर्णाली खबर
  • शनिबार, असार १५, २०८१ १६:0३
खलिय समाज सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकामा गाउँ खलिय समाज सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ।

गाउँ खलिया समाज जिल्ला कार्य समिति आयोजना हिमाली गाउँपालिकामा जनचेतना मुलक कार्यक्रम गरिएको छ। खलिया समाज २०६८ सालमा सुरुवात भएको हो। बाजुरा धेरै खालका खलिया छन। हाम्रो सुनाइ कम भएको छ। यो बिषयलाई धेरै कुरा जानकारी नभएको देखिन्छ। यसको बारेमा थप बुझाउन हामिले जनचेतनामूलक कार्यक्रम गरिएको खलिया समाज जिल्ला उपाध्यक्ष गम्मर सुनारले बताए।

पछिल्लो समय खलियाले गाउँमा काम गरेबापत माग्ने खलो अहिले घट्दै आइरहेको छ। कतिपय खलियाले गाउँ घरमा आरन लगाउने र कपडा सुलाउने काम निरन्तर गरेका थिए। आजभोलि सबै हामीले गर्न जतिको रेडिमेड समान पाइने हुँदा पहिला अहिले धेरै काम गर्ने खलिया घट्दै गएको सुनारले बताए।

खलिया समाज विगत लागु भएपनि त्यसको कार्यनयन जति हुनुपर्ने हो। त्यति चासो नदिए जस्तो लागेको छ। हलिया गर्ने काम पनि शुन्य अवस्था रहेकोे छ। हलिया समाज आफ्नो नेतृत्व बलियो बनाएर अगाडि बढाइ काम गर्ने हो भने हामी पालिका बाट हुने निति तथा कार्यक्रम लागू गर्ने समेत तयार भएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन। काम गर्ने कागज प्रक्रिया मिलाएर पैसा खाने चलन गरेको छ। त्यसलाई अन्त्य गरियो भने खलिया समाज काम अनुसार हुने भएको छ। खलिया समाज माथि उठाउन जिल्ला देखि पालिका सम्मको काम नेतृत्व इमानदारी साथ लागेर काम गर्ने हो भने पालिका बाट चाहिने सहयोग गर्ने तयार भएको अध्यक्ष मल्लले बताए।

खलिया समाज सम्बन्धि जनचेतना मुलक कार्यक्रममा खलिया समाज गाउँ खलिया समाजका अध्यक्ष कालो ढोली सभा अध्यक्ष रहनु भएको हो। सोही कार्यक्रम प्रमुख अतिथि हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, प्रवक्ता भिमानन्द पाण्डे, खलिया समाजका जिल्ला उपाध्यक्ष गम्मर सुनार सहित हलिया समाज लगायत उपस्थितिमा कार्यक्रम गरिएको संचालक बिष्णुभक्त रावतले बताए।

  • सेती कर्णाली खबर
  • शनिबार, असार १५, २०८१ १६:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट