October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सुख्खा खडेरीले धान रोप्ने खेत छोड्दै

  • सेती कर्णाली खबर
  • बुधबार, असार ५, २०८१ 0४:४९
सुख्खा खडेरीले धान रोप्ने खेत छोड्दै

उमेश रोकाया,०५,असार/बाजुरा- सुख्खा खडेरीले गर्दा धान रोप्ने खेतीयोग्य जमिन छोड्दै गइरहेका छन।

बाजुरा जिल्लाको दुर्गम हिमाली गाउँपालिका वडा नम्बर ६ को पाँडी गाउँमा रहेको सिम खेत अहिले खडेरीका कारणले धान रोप्ने खेतीयोग्य जमिन छोड्दै गइरहेका छन। सृष्टि बनेको देखिनै यो सानो ताल थियोे। गाउँमा करिब पाँच किसिमका जात मान्छेहरू बसोबास गर्ने गरेका छन। मानसरोवर थाल रारा बटुको भनेर अहिलेसम्म पर्खात रूपमा ताल चिने गरेका छन। यसै गरी पाँडी गाउँमा रहेकोे ताल दिइयोको रूपमा ताल भनेर चिनिने गरिन्थ्यो। विक्रम सम्बत २०२२ साल भदौ १६ गते ताल ढलेको हो। सोही ताल ढलिसके पछी गाउँमा रहेका ६८ मौजा हुदैं गर्दा त्यो सिम खेतमा कालो मार्से धान उत्पादन हुने गर्थे।

ताल ढली सकेपछि २०५१ साल सिम खेतको जग्गालाई नापी कार्यालय बाट कर्मचारी आएर सिम खेत नापी भएको हो। सिम खेतमा पहिलोपटक मल र पानी प्रशस्त हुँदा मल खेतमा नछरेर धान उत्पादन राम्रो उब्जनी हुने गरेको थियो। अहिले सिम खेतमा खेतीपाती गर्दा मल कमि संगै खडेरीका कारणले धान रोप्न छोड्दै गएका छन। वर्ष एक पटक मात्र धान बाली लगाएर राम्रो उत्पादन हुनेको गरेको थियोे। खेतीपाती मल कमि र खडेरीका कारणले अहिले जग्गा बाजोपन भएको छ। गाउँका कोही कसैले मात्र धान बिउ राखेर धान रोप्ने गरेका छन। गाउँमा पहिला असार महिनामा तरकारी फल्नु संगै खाने काम गरिन्थ्यो। अहिले खडेरी भएकै निम्ति धान खेती गर्न निकै समस्या भएको हुँदा किसान चिन्ताजनक परेका छन। गाउँमा पानी नपरेको सुख्खा हुन लागेको हुनाले धान रोप्ने खेत खडेरी परेको गाउँका स्थानीय ६५ वर्षीय चिन बहादुर रावलले बताए।

चैत १२ गते धानको बिउँ राखेर जेष्ठ १२ गते गाउँमा रोपाइ सुरु गरिन्थ्यो। यतिखेर गाउँमा रोप्ने काम सकिने लगत्तै सिम खेत रोपेर जेष्ठ २०/२२ गते भित्र रोपाइ सिध्याउन काम गरिन्थ्यो। भने यो सालमा सिम खेतमा धान रोपाइ कुरै छैन। गाउँ नजिकै खेत पनि अहिलेसम्म खेत जोत्ने काम पनि हुन सकेको छैन। किन भने गाउँमा सुख्खा खडेरी संगै पानीको अभावको कारणले अहिलेसम्म रोपाइ सुरुवात गर्न समस्या आएको छ। रोपेर सकिने समय खेतमा पानीको मुख्य समस्याले गर्दा २/४ जनाले सिम खेत रोप्न थालेका छन। भने केही खेत आकाशे भरमा रोपाइ हुने गरेको छ। अहिले कृषि गर्ने पानी अभाव संगै सुख्खा खडेरी परेर किसानलाई धान रोप्न मुस्किल भएको छ।

धान जग्गामा छरेरेको बिउ अहिलेसम्म पनि निकालेर रोप्न सकिएको छैन। गाउँका अधिकास कृषकहरू खडेरीका कारणले असारे धान खेतिमा चिन्ताजनक भएका छन। साउन लगाएको धान असोज महिना भित्र्याउन गरिन्थ्यो। यो सालमा जेष्ठ महिना बितिसक्दा पनि खेतमा धान रोप्ने काम ढिलासुस्ती भएको छ। सिम खेतमा केही ठाउँमा मात्र पानी जमिन बाट रसाउने हुँदा धान रोप्न असहज महसुस भएको हो। पानी स्रोत घट्दै गएपछि किसानलाई धान रोप्न ढिलाइ हुन पुगेको छ। धान रोपेर फलाएको अन्नबाली वर्ष भरी खान लाउन नपुगेनी केही महिना ओखल कुटेर खाने गरेको अवस्था थियोे। यो सालमा खडेरी परेर धान रोप्न नपाएपछि गाउँका अधिकास कृषक भोकमरी चपेटामा पर्ने ६८ वर्षीय स्थानीय शिबलाल थापाले बताएका छन।

खेत धान कम उत्पादन भएपनि केही किनेर खाने गरेको थियौं। केही वृक्षरोपण कार्यक्रम अन्तर्गत एक बोट जोगाएर हुर्केको बापत हिमाली गाउँपालिकाले एक घरमा ६० के.जी. देखि ३ क्विन्टल सम्म वर्षमा चामल मिल्दा परिवारलाई भात खान केही महिना धान्ने गरेको थियोे। अहिले यो पाँच वर्ष कार्यक्रम अन्तिम वर्षको कार्यक्रम हुँदा खेती किसानी लाई ठुलो समस्या थपिएको छ। गाउँका खेती किसानी सुख्खा खडेरीले गर्दा गाउँमा धान रोप्ने खेतीयोग्य जमिन छाड्दै जानुपर्ने बाध्यता रहेकोे स्थानीय धन बहादुर बुढाले बताउनुभयो।

  • सेती कर्णाली खबर
  • बुधबार, असार ५, २०८१ 0४:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट