October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

गणतन्त्र दिवसको अबसरमा जिल्ला अस्पताल बाजुराद्धारा रक्त समूह पहिचान

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ १६, २०८१ 0७:३१
गणतन्त्र दिवसको अबसरमा जिल्ला अस्पताल बाजुराद्धारा रक्त समूह पहिचान

 

बाजुरा-जिल्ला स्वास्थ कार्यालय तथा जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा रक्त समूह पहिचान कार्यक्रम गरिएको छ ।गणतन्त्र दिवसको अबसमा बुधबार बिहान रक्त समूह पहिचान गरिएको हो ।जिल्लामा जुनसुकै बेला पनि रगतको आवस्यकता पर्ने हुँदा रक्त समूह पहिचान गरेको स्वास्थ कार्यालयका सुचना अधिकारी नृपराज गिरिले बताउनुभयो ।

विशेष गरि जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरुको रक्त पहिचान गरेको उहाँको भनाई छ ।उहाँले भन्नुभयो आकस्मिक रुपमा विभिन्न बिरामिहरुलाई रगत आवस्यकता परि रहन्छ ।तर जुन बेला रगत आवश्यकता छ त्यस बेला रगत उपलब्ध गराउन मुस्किल पर्ने हुँदा रगतको पहिचान भयो भने माग्न सकिने उहाँले बताउनुभयो ।ल्याब टेक्नेसियन प्रकाश राज गिरिका अनुसार बिहान साढे नौ बजेसम्म बिभिन्न कार्यालयका कर्मचारी र प्रहरी गरि २८ जनाको रक्त पहिचान भएको जानकारी दिनुभयो ।

साथै गणतन्त्र दिवसकै अबसर पारी जिल्ला अस्पताल बाजुराको बेडमा रहेका १८ जना बिरामिलाई फलफूल बितरण गरीएकाे छ।

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ १६, २०८१ 0७:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?