October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

रिसको आवेगमा महिलाको हत्या, प्रहरीद्धारा आरोपित सार्वजनिक

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ १६, २०८१ 00:३२
रिसको आवेगमा महिलाको हत्या, प्रहरीद्धारा आरोपित सार्वजनिक

उमेश जङग शाही १५ जेष्ठ
बाजुरा
बडीमालिका नगरपालिका ६ बुढा कोर्धमा भएको महिला हत्या प्रकरणका आरोपित व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय बाजुराले पत्रकार सम्मेलन मार्फत शंकित व्यक्तिलाई सार्वजनिक गरेको हो ।

सोही वडाकी ४५ वर्षीया धौली बडुवालको हत्या आरोपमा पक्राउ परेका स्थानीय ५१ वर्षीया लालबहादुर बडुवाललाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताएका छन् ।

तत्काल उठेको रिस र पुरानो घरायसी रिसिबीका कारण महिलाको हत्या गरेको सावित बयान दिएको सुचना अधिकारी रवीन्द्र सिहँ कार्की ले पत्रकार सम्मलेनमा जानकारी गराउनुभएको हो ।

आरोपितले हत्या गरिएकी महिलालले सुरुमा गाली गलौज गरेको र तत्काल रिसको आवेगमा आफुले ओदान र काठको लाठीले प्रहार गरी हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।

प्रहरीको अनुसन्धानमा हत्या गरिएकी महिलालाई बलात्कार र संवेदनशील अंगमा लाठीले घाउ समेत बनाएको पाईएको छ । एकल महिला समेत रहेकी धौली बडुवालको हत्या गरिएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।

जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार कोर्ध गाउँबाट २ घण्टा टाढा रहेको बुढा कोर्ध लेकमा गाईवस्तु हेर्न गोठमा बस्दै आएकी उनलाई आफन्तले मृत अवस्थामा यसअघि फेला पारेका थिए ।

घटनास्थलबाट प्राप्त तथा संकलन गरिएका प्रमाणहरु परीक्षणका लागि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाण्डौं र नेपालगञ्ज पठाईएको प्रहरीले बताएको छ ।

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ १६, २०८१ 00:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट