September 7, 2026 | सोमवार, भदौ २२, २०८३

बिधालय खुलेको दिनमै विद्यार्थी हात-हातमा किताब

  • सेती कर्णाली खबर
  • सोमवार, बैशाख १७, २०८१ 0६:0९
बिधालय खुलेको दिनमै विद्यार्थी हात-हातमा किताब

सेतीकर्णाली खबर/बाजुरा- बिधालय खुलेको दिनमै विद्यार्थीहरुको हात-हातमा किताब पाएका छन।

हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँमा रहेकोे बडिमालिका माध्यमिक बिधालयमा पढाई सञ्चालन संगै विद्यार्थीहरुका हातमा किताब पाएका छन। शैक्षिकसत्र सुरु भएको दिनमा नयाँ पाठ्यक्रम विद्यार्थीहरुले किताब उपलब्ध गराइ पढाई सुरु गरिएको बिधालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले जनाएको छ।

विगतको वर्षहरुमा पढाई सञ्चालन भएको हप्ता दिनपछि विद्यार्थी किताब पाउने हुँदा बिधालय बालबालिका पढाईमा खाचो हुने गरेको थियोे। यो शैक्षिकसत्र सुरु नहुनु अगाडि बिधालय किताब हिमाली गाउँपालिकाले पठाएको हो। अहिले बिधालय समयमा किताब उपलब्ध भएको हुनाले पढाई राम्रो हुने भएको छ। बिधालय खुलेको दिनमा सम्पूर्ण बिधालयका बालबालिका पाठ्यक्रम सहजरूपमा हातमा किताब पाएपछि सबै विद्यार्थी खुसी भएका छन।

बिधालय खुलेको समय बिधालयमा विद्यार्थी अनुपस्थित भएमा अभिभावकले निवेदन दिनुपर्ने तथा १० रुपैयाँ अनिवार्य बिधालय लाई ल्याएर आउनुपर्ने निर्णय गरेको छ। यदि बिधालय शिक्षक अनुपस्थित भएको दिनको हाजिरी रातो लगाउने संगै त्यो दिनको केही प्रतिशत तलब कट्टी गर्ने भएको छ। बिधालय आएको पैसाले शैक्षिक सामाग्री व्यवस्थाका लागि खर्च गर्ने बिधालय व्यवस्थापन समिति अध्यक्ष रोकायाले बताएका छन।

स्कुलमा विद्यार्थी पढाई गुणस्तर बनाउनका लागि लागिपरेको छु। अहिले बिधालयमा कक्षा १ देखि १२ सम्म पढाई सञ्चालन गरिएको छ। बिधालय भवन जीर्ण अवस्थामा हुँदा अलि समस्या भएको छ। बिधालय नियमित आउने विद्यार्थी छात्रा र छात्र संख्या ५ सय ४४ जना रहेका छन। पहिलेको वर्षको पढाई भन्दा यश वर्ष बिधालय सुधार गरेर लैजाने भन्ने बिधालय निर्णय गरेको छ। त्यसको लागि अभिभावक, शिक्षक तथा बिद्यार्थी र बिधालय व्यवस्थापन समिति एकता गरेर हातेमालो गरेर जाने हो भने बिधालयलाई केही फेरबदल गर्नसक्ने अध्यक्ष रोकायाले जनाए ।

पालिका सबै बिधालय शैक्षिकसत्र सुरु नहुनु अगावै किताब स्कुलमा दिएको छ। पढाई पालिका बिधालयमा बैशाख १६ गतेबाट गाउँपालिका रहेका २२ वटा बिधालय सञ्चालन गरिएको छ। बिधालय पढाई गुणस्तर बनाउन सिङ्गो पालिका लागेको छ। सर्वप्रथम बिधालय प्रशासन बलियो बनाउने बित्तिकै बिधालय सुधार आउने देखिन्छ। स्कुलमा पठनपाठन देखि लिएर त्यहाँका व्यवस्थापन समिति जिम्मेवार बिधालय व्यवस्थापन समितिले पुर्ण रूपमा लागिपरे बिधालय बालबालिका पढाई गुणस्तर हुने भएको छ।

अब नयाँ ढंगले शैक्षिकसत्र शुरुआत गर्न पालिकाले विभिन्न रणनीति ल्याएको छ। सबैभन्दा बढी लगानी हिसाबले बिधालयलाई गरेपनि जतिको परिणामस्वरूप आएको छैन। त्यसको लागी गाउँपालिका सिङ्गो टिम संगै बिधालयका शिक्षक, अभिभावक, बिधालय व्यवस्थापन समिति, वडा जनप्रतिनिधि र विद्यार्थीहरु सबै सहयोग गरियो भने बिधालय पढाईमा गुणस्तर बनाउन सकिने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले जनाएको छ।

  • सेती कर्णाली खबर
  • सोमवार, बैशाख १७, २०८१ 0६:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  