October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

वृक्षरोपण कार्यक्रम अन्तर्गत फलफूलका बिरुवा हिमालीमा निरीक्षण

  • सेती कर्णाली खबर
  • सोमवार, चैत्र ५, २०८० 0७:१३
वृक्षरोपण कार्यक्रम अन्तर्गत फलफूलका बिरुवा हिमालीमा निरीक्षण

उमेश रोकाया,चैत५/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वृक्षरोपण कार्यक्रम अन्तर्गत फलफूल बिरुवा निरीक्षण गरिएको छ।

आर्थिक वर्ष २०७६/०७७ निति तथा कार्यक्रम लागु भएको हो। खाद्य सुरक्षा कार्यक्रम लागु भएको पाचौं वर्ष पुगेको छ। हिमाली गाउँपालिका एक बोट रोपे बापत ५ किलोग्राम चामल दिने कार्यक्रम अन्तिम वर्ष हुनलागेको छ। फलफूल बिरुवा हुर्काए बापत पालिका सातै वडाका कृषकलाई प्रोत्साहन स्वरुप प्रत्येक बिरुवाको पाँच किलोग्राम चामल वितरण गर्दै आइरहेको छ।

लागु भएको कार्यक्रम अन्तिम वर्षको चरणमा फलफूल बोट बिरुवा अनुगमन तथा निरीक्षण कार्य गरिएको छ। कृषकले उत्पादन गरेको फलफूलहरु गाउँपालिकामा खाद्य सामान खरिद गरेर सहजीकरण गरि यसको बजारीकरण गर्ने मुख्य उद्देश्य रहेकोे छ। बिरुवा अनुगमन कार्यक्रम हिमाली गाउँपालिका वडा नम्बर १,२,३ र ५ का वडामा स्थलगत ठाउँमा पुगेर निरीक्षण गर्ने काम सकिएको छ। अहिले वडा नम्बर ४,६ र ७ का वडामा अनुगमन हुँदै गरेको छ। चैत ६ गतेसम्म बिरुवाको अनुगमन सकिने हिसाबले सबै वडाका टोलमा कर्मचारी परिचालन गरिएको हिमाली गाउँपालिका कृषि विकास शाखा प्रमुख टोपबहादुर शाहीले बताएका छन।

प्रत्येक वर्ष हिमालीका कृषकले फलफूल बिरुवा हुर्काए बापत बोटको ५ के.जी. चामल वितरण गर्ने गरेका छौँ। यो कार्यक्रम वर्ष अन्तिम भएको हुँदा जति बिरुवा हुर्काएको र पलाएको देखिन्छ। त्यस अनुसार खाद्यान्न चामल दिइने भएको शाहीले बताउनुभयो। विशेषगरी खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत गाउँपालिका वडा नम्बर १,२,३ र ५ का वडामा स्याउ र ओखर कृषकले लगाएर बोट बिरुवा हुर्काएका छन। भने वडा नम्बर ४,६ र ७ का वडाहरुमा स्याउ, ओखर, आँप, अनार सहित डाले गास बाँच, इपिलइपिल र किमुका बोट समेत बिरुवा कृषकले लगाएका छन।

अघिल्लो वर्ष जति हुर्काएका फलफूल बिरुवा बराबरका बोट जोगाएका छन। केही बोट मरेर गएपनी ९५ प्रतिशत बिरुवा स्थलगत अनुगमन गर्दा पलाएको र राम्रो देखिन्छ। चार वर्षसम्म मर्ने बिरुवा मरिसकेको छन। अब जति बिरुवा हुर्केका देखिन्छ यिनीहरू सबै फल्ने सम्भावना बढी रहेकोे छ। अहिले हिमाली गाउँपालिका अगुवा कृषक फलफूल खेतीबाट धेरैजसो आकर्षक भएका हिमाली गाउँपालिका कृषि बिकास शाखा प्रमुख टोपबहादुर शाहीले बताएका छन।

करिब ५० हजार स्याउ, ओखर, सुन्तला र कागती बोट कृषकलाई पालिका बाट खरिद गरि कृषकलाई हिमाली गाउँपालिकाले वितरण गरिएको हो। गाउँपालिकाका ७ वडाका सम्पूर्ण कृषकहरु लाई वडामा फलफूलका बोट बिरुवा हुर्केका छन। अब पालिकाका सबै वडामा फलफूल संकलन केन्द्र र रष्ट्रिक केन्द्र स्थापना गर्नका लागी दुई कोठा भवनको ठेक्का खोलेको छ। कृषकले फलाएको फलफूल वडा फलफूल संकलन केन्द्र जम्मा गरेर बजारीकरण गर्ने सहज हुनका लागी निर्माणकार्य सुरु गरिने भएको छ। फलेको फलफूल बजारीकरण गर्ने गाउँपालिका लागिरहेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

वृक्षरोपण कार्यक्रम प्रभावित गर्नेको निम्ति हिमाली सबै कृषकलाई एउटा बोट जोगाए बापत ५ किलोग्राम चामल वर्षमा दिइने गरेको छ। वृक्षरोपण कार्यक्रम पाँच वर्ष सम्म कृषक लगाएको स्याउ र ओखर जोगाए भने चामल प्रोत्साहन स्वरुप चामल निरन्तर दिदै आइरहेको छौँ। फलफूल केहि महिनासम्म जस्ताको त्यस्तै राखनका लागी पालिकाको केन्द्रमा रहेकोे धुलाचौरमा शीत गृह भण्डार निर्माणकार्य अन्तिम चरणमा रहेकोे अध्यक्ष मल्लले बताउनुभयो।

  • सेती कर्णाली खबर
  • सोमवार, चैत्र ५, २०८० 0७:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट