October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

भुमि आयोग बाजुराद्धारा ५ सय ३९ निस्सा वितरण

  • सेती कर्णाली खबर
  • शुक्रबार, चैत्र २, २०८० १0:५८
भुमि आयोग बाजुराद्धारा ५ सय ३९ निस्सा वितरण

बाजुरा- राष्ट्रिय भुमि आयोग बाजुराले ५ सय उनन्चालिस निस्सा वितरण गरेको छ । आयोगले शुक्रबार प्रगति विवरणको विषयमा आयोजना गरेको कार्यक्रममा बाजुरा जिल्लामा ५ सय उनन्चालिस निस्सा वितरण गरेको जनाकारी दिएको हो ।

आयोगका अनुसार त्रिवेणी नगरपािलकाका ८ अव्यवस्थित बसोबासी, बुढीनन्दा नगरपािलकाका ६५ अव्यवस्थित बसोबासी, गौमुल गाँउपालिकाका ९७ अव्यवस्थित बसोबासी र ९ भुमिहिन दलित, स्वामिकार्तिक गाँउपालिकाका १ सय ५६ अव्यवस्थित बसोबासी, ११ भुमिहिन दलित र १ भुमिहिन सुकुम्बासी, जगन्नाथ गाँउपालिकाका १ सय ९० अव्यवस्थित बसोबासी, २ भुमिहिन दलित गरी २ भुमिहिन दलित, १ भुमिहिन सुकुम्बासी र ५ सय १६ अव्यवस्थित बसोबासी गरी ५ सय उनन्चालिस निस्सा वितरण गरेको जनाकारी राष्ट्रिय भुमि आयोग बाजुराका अध्यक्ष जनक रोकायाले जानकारी दिनुभयो ।

भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गरी आधिकार प्राप्त बनाउने सरकारको लक्ष्य अनुसार राष्ट्रिय भुमि आयोग बाजुराले स्थानिय तह मार्फत सुचना जारी गरी लगत संकलन गरेको थियो । जसमा ३८ भुमिहिन दलित र ४ सय ११ अव्यवस्थित बसोबासी गरी ४ सय ४९ लगत संकलन भएका थियो भने बुढीगंगा नगरपालिकाका ५३ भुमिहिन दलित, ६ भुमिहिन सुकुम्बासी र १ सय ४३ अव्यवस्थित बसोबासी गरी २ सय २ लगत संकलन भएका थियो ।

त्यस्तै त्रिवेणी नगरपालिकाका १४ भुमिहिन सुकुम्बासी र १ सय ६१ अव्यवस्थित बसोबासी गरी १ सय ७५ लगत संकलन भएका थियो भने बुढीनन्दा नगरपालिकाका ६ भुमिहिन दलित, २ भुमिहिन सुकुम्बासी र ४ सय ७० अव्यवस्थित बसोबासी गरी ४ सय ७८ लगत संकलन भएको थियो ।

त्यसैगरी गौमुल गाउँपालिकाका १० भुमिहिन दलित र १ सय ३३ अव्यवस्थित बसोबासी गरी १ सय ४३ लगत संकलन भएका थियो भने खप्तड छेडेदह गाउँपालिकाका १ भुमिहिन दलित, ९ भुमिहिन सुकुम्बासी र ३ सय ३८ अव्यवस्थित बसोबासी गरी ३ सय ४८ लगत संकलन भएका थियो ।

स्वामिकार्तिक खापर गाउँपालिकाका १३ भुमिहिन दलित, १ भुमिहिन सुकुम्बासी र १ सय ९९ अव्यवस्थित बसोबासी गरी २ सय १३ लगत संकलन भएका थियो भने जगन्नाथ गाउँपालिकाका १० भुमिहिन दलित, १ भुमिहिन सुकुम्बासी र ४ सय २४ अव्यवस्थित बसोबासी गरी ४ सय ३७ लगत संकलन भएका थियो ।

त्यस्तै हिमाली गाउँपालिकाका ३ भुमिहिन दलित, १ भुमिहिन सुकुम्बासी र ३ सय ३ अव्यवस्थित बसोबासी गरी ३ सय ७ लगत संकलन गरी बाजुरा जिल्लाका १ सय ३४ भुमिहिन दलित, ३६ भुमिहिन सुकुम्बासी र २ हजार ५ सय ८२ अव्यवस्थित बसोबासीको लगत संकलन भएको थियो । यीमध्ये नौ सय ३१ लगत प्रकृयामा प्रविष्ट भैसकेको र बाँकी प्रविष्ट गर्ने प्रकृयामा रहेको राष्ट्रिय भुमि आयोग बाजुराले जनाएको छ ।

भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गरी आधिकार प्राप्त बनाउने सरकारको लक्ष्य अनुसार राष्ट्रिय भुमि आयोग बाजुरा समयमै लागत संकलन गरी निस्सा वितरण गर्नेमा पश्चिमका पहाडी जिल्लामा अग्र स्थानमा रहेको छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, चैत्र २, २०८० १0:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट