October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नगरपालिकाले गर्यो राष्ट्रिय फुटबल खेलाडी नाथलाई सम्मान

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन ४, २०८० 0९:५६
नगरपालिकाले गर्यो राष्ट्रिय फुटबल खेलाडी नाथलाई सम्मान

बाजुरा: बडीमालिका नगरपालिकाले नेपाली राष्ट्रिय फुटवल खेलाडी सरिता नाथलाई सम्मान गरेको छ । यु–१९ साफ च्यापिखेलमा खेलेकी सरीताले बिदेशमा फुटवल खेलेर गृह पालिका आएकी खेलाडी नाथलाई पालिकाले बनेलायर बधाई ज्ञापन सहित सम्मान गरेको खेल नगर संयोजक राजेश पायल वि क ले बताएका छन् ।

खेल क्षेत्रबाटैआफ्नाे जिल्ला बाजुराको पहिचान बढाउने कार्यको प्रशंसा गर्दै खादा सहित प्रमाण पत्र दिएर सम्मान गरिएको हो । रानीवन क्लवमा आवद्ध भएर राष्ट्रिय स्तरको टिममा छनोट भई सार्क राष्टका केही   देशमा फुटवल खेलेर बाजुरा सहित गृह नगरपालिको पहिचान बढाएकोमा उनप्रति नगरप्रमुख अम्मर खड्काले बताउनु भयो ।
उहाँले बधाई सहित शुभकाना दिदै बडीमालिका नगरपालिकाले राष्ट्रिय खेलाडी नाथलाई आर्थिक सहयोग गर्ने भएको छ । खेलाडी नाथले खेल क्षेत्रमा नगरपालिको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा नाम प्ररिचित भएको र यसले गर्दा बाजुराका अन्य खेलाडीहरुको हौसला प्रदान हुने विश्वास उहाँले लिनुभएको छ ।२०८० माघ १९ देखि २५ गतेसम्म बंगलादेशमा सम्पन्न दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिपको अन्र्तराष्ट्रिय स्तरको खेलमा उच्च खेल प्रदर्शन गरेको भन्दै सम्मान गरेकाे हाे ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन ४, २०८० 0९:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?