October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

६७ वर्षपछि गुरुङले पाए नागरिकता

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ ११, २०८० 0५:३५
६७ वर्षपछि गुरुङले पाए नागरिकता

उमेश रोकाया,बाजुरा- वडा अध्यक्ष मंगल बुढा जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता बाट बन्चित भएका ६७ वर्षका डबल गुरुङ नेपाली नागरिकता बनाइदिएका छन।

हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मंगल बुढाले गुम्बा गाउँका ६७ वर्षका डबल गुरुङलाई घरबाट साथमा जिल्ला प्रशासन कार्यालयमा लगेर नेपाली नागरिकता प्रमाणपत्र बनाएर दिलाएका छन। विगत लामो समयदेखि नेपाली नागरिकता बाट बन्चित भएका डबल गुरुङ नागरिकता पाएका छ्न। घरायसी समस्या लगायत आर्थिक अवस्था कमजोरी हुँदा नागरिकता पाउन सकेको थिएनन्।

बाजुरा जिल्लाकै अति विकट र भौगोलिक दृष्टिकोण पछाडिको बस्ती गुम्बा गाउँ भएको हुँदा नागरिकता बनाउन समस्या भएको हो। गाउँ बाट नागरिकता बनाउन जाने हो भने एक दिन पुरै पैदल यात्रा गरेर दुई दिन गाडीमा चडेर जानुपर्ने अवस्था हुँदा निकै समस्यामा परेका हुन। घरमा आर्थिक कम्जोर हुँदा नागरिकता बनाउन आवतजावत गर्न एक जना व्यक्तिलाई केहि नभएनी ८ हजार सम्म खर्च लाग्ने हुँदा बुढेसकाल सम्म पनि नागरिकता नबनाई नागरिकले गुरुङ पाउने सेवा सुविधा बाट बन्चित रहेका थिए।

पुर्व वडा अध्यक्ष आफ्नो आर्थिक अबस्थामा कम्जोर हुँदा वास्ता व्यस्त नगरेको गुनासो गरेको स्थानीय डबल गुरुङले बताएका छ्न। उनको आर्थिक अवस्था निकै कमजोर भएको कारणले स्वयम वडाका वडा अध्यक्ष मंगल बुढा र वडा सदस्य पेमागारा गुरुङले नागरिकताको सिफारिस बनाइ आवतजावत र खाना खर्च रकम आफ्नो पैसा खर्च गरेर जिल्ला प्रशासन कार्यालय मार्तडी सम्बन्धि ठाउँमा लिएर नेपाली नागरिकता प्रमाणपत्र बनाइदिएका छ्न।

घरको डबल गुरुङ सहित उनको श्रीमती छिङ लामु कुवर र छाेरा जीवन गुरूङ सहित घरपरिवारले नेपाली नागरिकता पाउँदा परिवार सबै खुशी व्यक्त गरेका छन। नागरिकता बनाउन सफल भएको हुँदा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल र वडा अध्यक्ष मंगल बुढालाई धन्यवाद दिएका छन। बुढेसकाल लागेको ६७ वर्षपछि गुरुङले नेपाली नागरिकता पाएका छन। उनले गाउँपालिका निति अनुसार दिने ६५ वर्ष भन्दा माथिका बुढाबुढीले पाउने भत्ता नागरिकता प्रमाणपत्र बनेको दिन बाट पाउने सेवा सुबिधा लिइने भएका छन। जुन नेपाल सरकार कानुन अनुसार ६८ वर्ष पूरा बाट पाउने भत्ताको सेवा सुविधा पनि ९/१० महिना पूरा भएपछि पुर्ण भत्ता खान पाउने छ्न।

नेपाली नागरिक हिसाबले आफ्नो पाउने सेवा सुबिधा जस्तोसुकै भएपनि प्राप्त गर्न सकिने भएको छ। गाउँमा नागरिकता नहुदा धेरै कामकाज बाधा अप्ठ्यारो अवस्थामा थिए। नागरिकता बनाइसके पछि आफ्नो स्वतन्त्र अधिकार र पाउने सुविधा बाट बन्चित नरहने हुँदा निकै हृदय बाट खुसी व्यक्त सुनाएका वडा अध्यक्ष मंगल बुढाले बताउनुभयो।

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ ११, २०८० 0५:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट