October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराका युवा व्यवसायी नाथको जीप दुर्घटनामा मृत्यु

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस १३, २०८० 0९:१५
बाजुराका युवा व्यवसायी नाथको जीप दुर्घटनामा मृत्यु

बाजुरा । बाजुराका युवा व्यवसायी देवेन्द्र नाथको जीप दुर्घटनामा परेर मृत्यु भएको छ । बिहिवार साँझ गौमूल गाउँपालिका नजिकै मालिवनमा जीप दुर्घटनामा परि नाथको ज्यान गएको हो ।

नाथको घटना स्थलमै मृत्यु भएको र साथका रहेका अर्का मदन रोकाया घाइते भएको प्रहरीले बताएकाे छ । जीप नाथ आफैले चलाएका थिए ।

३४ वर्षका नाथको ज्यान गएको प्रहरीले जानकारी दिएका छन् । गौमुल गाउँपालिकाको केन्द्र घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से १ ज ९८९ नं. को जीप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोर ऐरीले जानकारी दिएका छन् ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस १३, २०८० 0९:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट