October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आजबाट सुरु

  • सेती कर्णाली खबर
  • आइतवार, पुस १, २०८० १५:१८
नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आजबाट सुरु

बाजुरा : बाजुराको सदरमुकाम मार्तडी स्थित बडिमालिका नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आजदेखि सुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, बिद्याथीको सर्वङगीण विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको हो । बडिमालिका नगरपलिकाको आयोजना र बडिमालिका नगर स्तरिय खेलकुद विकास समितिको व्यावस्थापकमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता बडिमालिका ८ मा रहेको मालिका माविमा सुरु भएको नगरपालिकाले जनाएको छ ।

चौथो नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको आज मालिका माविमा एक औपचारिक कार्यक्रमका बिच समुद्घाटन गरिएको छ भने आजैबाट उक्त प्रतियोगितामा समावेश खेलहरु खेलाइने नगरस्तरिय खेलकुद विकास समिति संयोजक राजेश पायल विकले बताएका छन । उक्त चौथो नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा नगरपालिकाभरिका ११ वटा बिद्यालयहरु सहभागी भएका छन ।

खेल क्षेत्रले खेलाडी बिद्याथीको व्यक्तित्व विकास मात्रै नभइ समग्रमा यस क्षेत्रकै पहिचान पनि हुने भएकाले यस क्षेत्रको विकासका लागि सबैले एक्यबद्धताका साथ लाग्नुपर्ने समुद्घाटन कार्यकममा बोल्ने वक्ताहरुले बताएका छन । बडिमालिका नगर स्तरिय खेलकुद विकास समितिका संयोजक राजेश पायल विकको अध्यक्षतामा सञ्चादन भएको समुद्घद्धाट कार्यक्रममा प्रमुख अथिति सुदूरपश्चिम प्रदेश सभा सदस्य पदम बहादुर शाही रहेका थिए । त्यसै गरि विशिष्ट अथितिमा बडिमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्का रहेका थिए भने अथितिमा नगर उपप्रमुख नन्दा थापा, प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, जिल्ला खेलकुद समिति अध्यक्ष राकेश थापा, बडिमालिका ८ का वडा अध्यक्ष चन्द्र थापा, ५ का अध्यक्ष धर्मपाल मिजार, सशस्त्र प्रहरी गुल्म आश्रित बाजुराका गुल्मपति शंकरदत्त तिवारी, विभिन्न बिद्यालयका शिक्षक, बिद्याथी लगायतको उपस्थिति रहेको थियो ।

मालिका माध्यमिक बिद्यालयका प्राचार्य शुभराज पाध्याय तिमिल्सिनाले स्वागत मन्तव्य बाट स्वागत गर्नुभएकाे थियाे भने उक्तकार्यक्रमकाे संञ्चालन भने युवा तथा खेलकुद शाखाका राम बहादुर कटुवालकले गरका थिए ।

  • सेती कर्णाली खबर
  • आइतवार, पुस १, २०८० १५:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट