October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

विश्व रेबिजविरुद्धको दिवस बाजुरामा पनि बिबिध कार्यक्रम गरी मनाइयाे

  • सेती कर्णाली खबर
  • बिहिबार, अशोज ११, २०८० 0६:३५
विश्व रेबिजविरुद्धको दिवस बाजुरामा पनि बिबिध कार्यक्रम गरी मनाइयाे

बाजुरा– विश्व रेबिजविरुद्धको दिवस बाजुरा जिल्लाका बिभिन्न ठाउँमा बिबिध कार्यक्रम गरि सप्ताहकै रुपमा मनाएर समापन गरेका छन । बडिमालिका नगरपालिका र पशु सेवा अस्पताल तथा भेटेरेनरी अस्पताल बाजुराकाे आयाेजनामा सदरमुकाम मार्तडीमा प्रभात फेरी कार्यक्रम गरी मनाएकाे छन ।

बाजुरा सदरमुकाम लगायत बिभिन्न स्थानिय तहमा सप्ताहब्यापी कार्यक्रम विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाएका छन  । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ । बडिमालिका नगरपालिका र पशु सेवा अस्पताल तथा भेटेरेनरी अस्पताल बाजुराकाे आयाेजनामा गरिएकाे कार्यक्रमकाे समापन कार्यक्रम भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका कार्यालय प्रमुख पशुपती नाथकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिकाका प्रबक्ता तथा कार्यबाहक नगर प्रमुख धर्मराज पाध्याय रहेका थिए भने बिशिष्ठ अतथि प्रमुख जिल्ला अधिकारी भिमाकान्त पाैडेल रहेका थिए  ।

रेबिज एक घातक भाइरल सङ्क्रमण हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ । जुन छाडा कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालोजस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्छ । रेबिजबाट बच्नको लागि सम्भावित जोखिम पछि तुरुन्तै खोप लगाउनु आवश्यक हुन्छ ।रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट सुरु हुन्छ र प्रकाश, पानी र हावादेखि डर लाग्ने हुन्छ । यसले पक्षघात र अन्ततः कोमामा समेत पुग्ने जोखिम हुन्छ । कुकुर वा बिरालोजस्ता जङ्गली जनावर वा घरपालुवा जनावरलाई छुँदा वा खुवाउँदा धेरै सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।

जनावरले टोक्ने बित्तिकै बगिरहेको, धाराको पानीमा १५ मिनेटसम्म सफा गर्नेपर्ने उनको सुझाव छ । सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा यसविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । चिकित्सकका अनुसार घाउमा बेसार, खुर्सानी दल्ने चलन छ, त्यसले सङ्क्रमण झन बढ्ने जोखिम हुने गरेकाे चिकित्सककाे भनाइ रहेकाे छ ।

यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रुपमा समेत मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गरेका थिए । यस दिवसको उद्देश्य रेबिजविरुद्धको लडाइँमा सबै समूह, सङ्गठन र सरोकारवालालाई एकजुट गराउने हो । ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि विश्व रेबिजविरुद्धको दिवसको रुपमा मनाउन थालेको थियो । कालान्तरमा विश्व स्वास्थ्य सङ्गठनले यस दिवसलाई समर्थन गरेको थियो ।

यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका लागि हो भन्ने रहेकाे छ। बडिमालिका नगरपालिकाबाट सुरुवात गरिएकाे प्रभात फेरी कार्यक्रमकाे रयालीसुरु भयकाे भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रकाे कार्यलयमा पुगेर समापन गरिएकाे थियाे । कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी पत्रकार लगायतकाे उपस्थिति रहेकाे थियाे ।

  • सेती कर्णाली खबर
  • बिहिबार, अशोज ११, २०८० 0६:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट