October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

आवासीय बिधालयमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

  • सेती कर्णाली खबर
  • शनिबार, माघ ७, २०७९ १0:0६
आवासीय बिधालयमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

 ७ माघ बाजुरा
सिद्रीश्वरी आवासीय आधारभुत बिद्यालयमा स्वास्थ्य शिविर सप्पन्न भएको छ। बुढिनन्दा नगरपालिकाको वडा नम्बर ९ डप्कमा रहेको आवासीय बिधालयमा नगरपालिकाको समन्वय र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको प्रविधिक तथा फेज अनेपालको औसधि सहयोगमा १ दिने स्वास्थ शिविर सम्पन्न भएको हो । विद्यालयमा बस्दै आएका ५५ जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर चेत बहादुर धामीले जानकारी दिनु भएको छ । डा.धामीका अनुसार गरिव,अनाथ र भोटे जनजातिका बालबालिका बस्दै आएका सामुदायिक आवासीय बिद्यालयमा रहेका विद्यार्थीहरुको स्वास्थ्य परिरक्षण गरेर औसधि वितरण गरिएको हो । आवासीय विद्यालयमा बस्ने विद्यार्थी हरुको स्वास्थ्य अवस्था बारे जानकारी राख्नका लागि शिविरको आयोजना गरिएको नगर प्रमुख जनक कुमार बोहराले बताउनु भएको छ । शिविरमा कोटि प्राथमिकता स्वास्थ्य केन्द्र कोल्टीमा कार्यरत एम्डिजिपी डाक्टर रन्जित शाह,स्त्रीरोग विशेषज्ञ सोनम गुरुङ ,डा चेत बहादुर धामी,हेल्थ असिस्टेन्ट कमल तिमिल्सिना ,स्टाफनर्स भगवती रावल,अनमी रसिना श्रेष्ठ ,बैध छत्र बम ,रेडियोग्राफि कमल रावल ,ल्याप टेक्निसियन मन्जु भाट लगायतको उपस्थिति रहेको थियो । आज एक औपचारिक कार्यक्रम गरेर स्वास्थ्य शिविरको उद्घाटन गरिएको हो । बिद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम शिह गुरुङको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि बुढिनन्दा नगर पालिकाका नगर प्रमुख जनक कुमार बोहरा रहनु भएको थियो ।वडा नम्बर ८ का वडा अध्यक्ष केशब शाही बिशेश अतिथि रहेको कार्यक्रममा कार्यपालिका सदस्य जनक भण्डारी लगायत स्थानीयको उपस्थिति रहेको थियोे । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले आगामी दिनहरूमा बिधालयमा आवस्यक पर्ने सबै खाले सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।शिविरमा ५० भन्दा बढी स्थानीयको पनि स्वास्थ्य परिक्षण गरेर औसधि बितरण गरिएको बताईएको छ ।

  • सेती कर्णाली खबर
  • शनिबार, माघ ७, २०७९ १0:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट