October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नवलपरासीमा भारतीय तीर्थालु सवार बस दुर्घटना, ४५ जना घाइते

  • सेती कर्णाली खबर
  • शनिबार, माघ ७, २०७९ 0८:0९
नवलपरासीमा भारतीय तीर्थालु सवार बस दुर्घटना, ४५ जना घाइते

७ माघ, । पश्चिम नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् ।

नवलपरासीको पा७ माघ, बुटवल । पश्चिम नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-१ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडकखण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी१६एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना भएको हो ।

सब सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

घाइतेहरूको जिल्ला अस्पताल परासी पठाइएको इलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए ।

घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए ।

बसका चालकसमेत घाइते भई उपचाररत रहेका र घटनाको अनुसन्धान सुरु भएको उनको भनाइ छ ।ल्हीनन्दन गाउँपालिका-१ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडकखण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी१६एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना भएको हो ।

सब सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

घाइतेहरूको जिल्ला अस्पताल परासी पठाइएको इलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए ।

घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए ।

बसका चालकसमेत घाइते भई उपचाररत रहेका र घटनाको अनुसन्धान सुरु भएको उनको भनाइ छ ।

  • सेती कर्णाली खबर
  • शनिबार, माघ ७, २०७९ 0८:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट