October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कर्णाली करिडोरमा जिप व्यबसायीले चर्को भाडा असुल्दै हुम्ला, मुगु र बाजुराका यात्रुहरू मारमा

  • सेती कर्णाली खबर
  • बुधबार, माघ ४, २०७९ 0९:५९
कर्णाली करिडोरमा  जिप व्यबसायीले चर्को भाडा असुल्दै हुम्ला, मुगु र बाजुराका यात्रुहरू मारमा

उमेश जङ्ग शाही ४ माघ बाजुरा – कर्णाली करिडोर सडक खण्डमा जिप यातायात व्यवसायीहरुले गाडीभाडा मनोमानी असुली गरेको पाइएको छ। कर्णाली करिडोरको कुल लम्बाइ ६ सय ८२ किलोमिटर छ । यो सडक बाँकेको जमुनाहदेखि सुर्खेत, कालिकोट, बाजुरा, हुम्लाको सिमकोट हुँदै चीनको सीमाक्षेत्र हिल्सासम्म पुग्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट हिल्सा पुग्न कुल लम्बाइ ४१० किलोमिटर छ । नेपाल सरकारले गौरवको आयोजना घोषणा गरेको छ।कालिकोटको खुलालु, बाजुरा हुँदै हुम्लाको सिमिकोटसम्म पुग्ने सडकको लम्बाइ एक सय ९६ किलोमिटर छ।राष्ट्रिय गौरबको आयोजना कर्णाली करिडोर अन्तर्गत कालिकोटको लालीघाटदेखि बाजुराको पिलुचौर सम्मको दुरी ६१ किलोमिटर रहेको छ। बाजुरा जिल्ला प्रसासन कार्यालयले भाडादर कायम गरेको छ। पक्कि सडक प्रतिकिलोमिटर ८ रुपियाँ कच्चि सडकमा प्रतिकिलोमिटर१८ र स्तरोन्नति भएको सडकमा १२ रुपैयाँ तोकेर सो भाडा तिरेर यात्रा गर्न स्थानियहरुलाई आग्रह गरेको छ।  हुम्ला र कालिकोटको भुभागमा पर्ने करिडोर सडकखण्डमा कुनै माप दण्ड नतोकिएका कारण भने यात्रुहरुले चर्को भाडा तिरेर यात्रा गरिरहेका छन । सरोकार वाला निकायले वास्ता नगरेको हँदा हुम्ला, मुगु र बाजुराका सर्वसाधारणले महङ्गो भाडाको मार खेपिरहेका छन । हुम्ला , बाजुरा र कालीकोट जिल्लाका प्रसाशन कार्यालयले समन्वय गरेर भाडादर तोकेर कार्यान्वयन गर्न सकिरहेको छैन। हुम्ला सर्केगाड देखि हिमाली गाउँपालिका साखा धुलाचौर सम्म १७०० रुपैया तिरेको सर्केगाड गाउँपालिका ३ वडा उनापानि गाउँकि यात्री बालि फडेराले बताइन । तेस्तै हुम्ला रुडिकोटका स्थानिय हंश बिकले धुलाचौर देखि पिलुचौर सम्म गाडी भाडा ४०० रुपैया तिरेको खुलासा गरेका छन। बाजुरा जगन्नाथ गाउपालिका वडा १ पिलुचौर बाजार देखि कालिकोटको लालिघाट बजार सम्म ६१ किलोमिटर दुरि रहेको छ तर सुर्खेत बुलबुले यातायात प्राली लगाएत अरु जिप व्यबसायी यातायात प्रालीले पनि प्रतिव्यक्ति २ हजारको दरले भाडा असुल्ने गरेको जनगुनासो छ। स्वामिकार्तिक मानसरोवर यातायात प्रालिले मानसरोवर रारा यातायात प्रालीको गाडीलाई १४ जना यात्रुको भाडा २८हजार असुलगरी चलानि दिएर पठाएको क१ज २० नम्वर प्लेट भएको बलेरो जिपमा यात्रु हुम्ला चंखेली गाउपालिका ४ वडाका यात्री ढक्क रोकायाले बताएकाछन।  पिलुचौर देखि गत वर्ष  ८०० भाडा तिरेर  कालिकोटको लालीघाट सम्म गएको र दशै लगतै भाडा बढेको स्थानिय बिमल शाही बताउँछन। जिप चालक उपेन्द्र शाहीले चलानि देखाउँदै भने डिजेल महंगो छ बाटो बिग्रेको कारण भाडा महङ्गो भएको बताए । उक्त सडकखण्डमा  दैनिक रुपमा १५/२० जिप  र ४०/५० मालबाहक ट्रकहरु ओहोरदोहोर गरिरहेका छन।
कर्णाली किरडोरमा यातायात सञ्चालन भएपछि कालीकोट, हुम्ला, मुगु र बाजुराका बासिन्दाको आवतजावत सजिलो भएको छ भने दैनिक उपभोग्य सामग्री ढुवानी भइरहेको छ । करिडोरको ट्रयाक खुलेपछि नेपालगन्ज, सुर्खेतलगायतका ठाउँ आउजाउ गर्न सजिलो  भएको छ।

  • सेती कर्णाली खबर
  • बुधबार, माघ ४, २०७९ 0९:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट