July 1, 2025 | मङ्लबार, असार १७, २०८२

कतारमा तिज विशेष कार्यक्रम सम्पन्न

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ १२, २०७९ २१:४२
कतारमा तिज विशेष कार्यक्रम सम्पन्न

 शुलभ चन्द, दोहा– नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा कतारमा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए कतारको समन्वय तथा कतारमा स्थापित विभिन्न ९० वटा संघसंस्थाको संयुक्त आयोजनामा ‘तीज विशेष कार्यक्रम २०२२ सम्पन्न भएको हो ।
एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानको सभापतित्व तथा नेपाली राजदूतावास कतारका राजदूत महामहिम डा. नरेश ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एनआरएनए आइसिसीका विभिन्न तहका पदाधिकारीहरू, आयोजक संस्थाहरूका अध्यक्ष तथा प्रतिनिधिसहित विभिन्न संघसंस्थाका प्रतिनिधिको विशिष्ट आतिथ्यता रहेको थियो ।

नेपाली बाहेक अन्य आप्रवासी कम्युनिटीबाट पनि विशेष आतिथ्यता रहेको कार्यक्रममा दर्जन भन्दा बढी वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए । शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि राजदूत ढकालले नारीहरूलाई लक्ष्मीका रूपमा पुज्दै रमाउने अवसर दिनु पर्ने बताए । उनले यो पर्व नारीको पर्व भएको हुँदा पुरुषले उनीहरूलाई सम्मान पूर्वक स्थान दिनुपर्नेमा उल्टै तीजको कार्यक्रममा पुरुषका भाषण धेरै भएको बताए । तीज महिलाको पर्व भएको हुनाले उनीहरू नै हर्ताकर्ता हुनुपर्ने ढकालको भनाइ थियो कार्यक्रममा कतारमा रहेका थुप्रै कलाकारहरूले आफ्नो सांगितिक प्रस्तुति दिए । नेपालबाट आमन्त्रित लोक तथा दोहोरी गायिका शर्मिला बिसीले कास्की पोखरा, मेरो माया बसेका गाँउमा लगायत आधा दर्जन गीत प्रस्तुत गरेकी थिइन् । कुशल नृत्याङ्गना रुबिना अधिकारीले आफूले अभिनय गरेको सोचेझैँ जिन्नकी रैनच भन्ने गीतमा आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन । अधिकारीले चरी जेलैमा गीतमा नृत्य प्रस्तुति गरीरहँदा दर्शक हरुको हुटिङले हल गुञ्जायमान भएको हो ।

नेपालबाट आमन्त्रित कलाकार मध्य सुनिता बुढा क्षेत्रीले अहिलेको चर्चित तीज गीत झमझम झम्कनामा उपस्थित सबैलाई नचाइन । उनले गाउँदा कार्यक्रमका प्रमुख अतिथिसमेत उठेर छमछमी नाचेका थिए । सुनिताले आफ्ना आधा दर्जन भन्दा बढी हिट गीतहरू पेस गरे पनि झम झम झमकाना २ पटक एकल र एक पटक डोयट गरी ३ पटक सम्म प्रस्तुत गरेकी थिइन् । उनले गाउँदा दर्शकले ताली बजाएर साथ दिएको थिए ।

कार्यक्रम संयोजक तथा एन आर एन ए एनसीसी कतारका प्रथम उपाध्यक्ष तथा संघ सस्था समन्वय प्रमुख जैबी चाम्लिङ राईले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई महासचिव पदम गिरीले सहजीकरण गरेका थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाका कलाकारहरूले स्वागत गीतद्वारा उपस्थित अथिति तथा दर्शक हरुलाई स्वागत गरेका थिए । करिब ७/८ सय जना सहभागी रहको कार्यक्रमको समापन गर्दै सभापति मुक्तदाले महिलाहरूको महान पर्वलाई एक साथ मनाउनका लागी सहकार्य गर्ने आयोजक संस्था सहित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ १२, २०७९ २१:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

logo बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री Avatar photo नेपाली पत्र शुक्रबार, २०८० भदौ २९ गते, ११:१७ मा प्रकाशित राजनीति 3 Shares facebook sharing buttontwitter sharing buttonsharethis sharing button     काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।  प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।  “यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने ।  बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उनले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ ।