April 15, 2025 | मङ्लबार, बैशाख २, २०८२

एमाले बडीमालिका नगर कमिटीको दोस्रो अधिवेशन थापा द्वारा  उद्घाटन

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ १०, २०८१ १३:२८
एमाले बडीमालिका नगर कमिटीको दोस्रो अधिवेशन थापा द्वारा  उद्घाटन

बाजुरा—नेकपा एमालेकाे बाजुरा जिल्ला बडीमालिका नगर कमिटी काे कार्यक्रममा  ने क पा एमाले स्थाई कमिटी सदस्य कर्ण बहादुर थापाले उद्घाटन   गरेका हुन।
ि
बडिमालिका नगर कमिटीको दोस्रो अधिवेशन कार्यक्रमको नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । अधिवेशनको उद्घाटन सत्र कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा, केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लालबहादुर थापा, जिल्ला तथा प्रदेश तहका नेताहरुले मन्तव्य राखेका थिए ।

त्यस्तै नगर कमिटीको अधिवेशनको उद्घाटन सत्र विहिवार सम्पन्न भएको छ भने बन्द सत्र शुक्रवार बिहानबाट सुरु हुने जनाएको छ ।

एमाले बडीमालिका नगर कमिटी सचिव राजेस वि.क.को अध्यक्षतामा सञ्चालन भएको अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा रहेका थिए । त्यस्तै विशिष्ट अतिथिमा एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा प्रदेश कमिटि सचिवालय सदस्य गगन रावल थिए । त्यसै गरि कार्यक्रमको अतिथिमा जिल्ला कमिटी तथा प्रदेश कमिटीका पदाधिकारी सहित अन्य नेता तथा कार्यकर्ताहरु उपस्थित रहेका थिए । कार्यक्रमको सञ्चालन एमाले बडीमालिका नगर कमिटी उपसचिव कर्ण बहादुर विकले गरेका थिए ।

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ १०, २०८१ १३:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।