बाजुरा
जिल्लाको पुर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा शुक्रबार राति साढे ६ बजे ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार ७ जना गम्भीर घाइते भएका छन् ।
प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता गगन सिंह भाटका अनुसार सोही गाउँपालिका–३ मनीकाँडामा दुर्घटना भएको खबर आएको बताए ।
पिलुचौरबाट मनीकाँडा जाँदै गरेको नविन बोहराले चलाएको सु.प.प्र ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर दुर्घटना भएको स्थानीयले खबर दिएपछि प्रहरी चौकी जुड्डीबाट प्रहरीको टोली घटनास्थलमा गइरहेको प्रहरी निरिक्षक तथा प्रवक्ता भाटले बताएका छन् ।
स्थानीयका अनुसार ट्याक्टरमा सवार भएका ७ जना मध्ये धर्म शाही र धनरुप शाहीको मृत्यु भएको खबर आएको प्रहरी निरिक्षक तथा प्रवक्ता भाटको भनाई रहेको छ । भने दुर्घटनामा परी विउरा वड, सिद्ध वड, संगिता वड, रामसरा सिंह र चालक नविन बोहरा पनि घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइते भएकाको उद्धारका लागि गाउँपालिकासंग समन्वय भइरहेको जनाएको छ ।