November 26, 2026 | बिहिबार, मंसिर ११, २०८३

बाघको आक्रमणबाट दुई जना महिला घाइते, बयालपाटा अस्पतालमा उपचार हुँदै

  • सेती कर्णाली खबर
  • बिहिबार, मंसिर ११, २०८३ ११:0२
बाघको आक्रमणबाट दुई जना महिला घाइते, बयालपाटा अस्पतालमा उपचार हुँदै

सावित्री रोकाया
बाजुरा- जिल्लाको बुढीगंगा नगरपालिकामा बिहीबार विहान जंगली जनावर बाघको आक्रमणबाट दुई जना महिला घाइते भएकी छन् ।
सोही नगरपालिका–१० सिंगाडा बस्ने ५५ वर्षीया खण्टी साउँद र ३५ वर्षीया बसु साउँद बाघको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता गगन सिंह भाटले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार आज विहान गाउँ नजिकैको घोडा धपाउने मेलामा घाँस काट्न गएका बेला जंगली जनावर बाघले आक्रमण गरी घाइते बनाएको बताएका छन् ।
घाइते भएकी दुबै जना महिलालाई सुदूरपश्चिम प्रदेशको प्रादेशिक अस्पताल बयालपाटामा उपचार भइरहेको प्रहरी निरिक्षक तथा प्रवक्ता भाटले बताए ।
जंगली जनावर बाघको आक्रमणबाट हात, खुट्टा चोट लागेको छ । घाइते महिलाको बयालपाटा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

  • सेती कर्णाली खबर
  • बिहिबार, मंसिर ११, २०८३ ११:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?