October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

४९ जना अपाङ्ग विद्यार्थीहरुलाई स्टेसनरी वितरण

  • सेती कर्णाली खबर
  • शनिबार, असार १५, २०८१ 0७:0३
४९ जना अपाङ्ग विद्यार्थीहरुलाई स्टेसनरी वितरण

बाजुरा- अपाङ्गता भएका ४९ जना विद्यार्थीहरुलाई स्टेसनरी आई.एन.एफ. नेपाल बाजुरा शाखा द्रारा वितरण गरिएको छ।

हिमाली गाउँपालिका वडा नम्बर १ का गोश्वरा आधाभुत बिद्यालय ४ जना सुनन्दा आधाभुत बिद्यालय ४ जना बिच्छ्या माध्यमिक विद्यालय १०
जना गरि जम्मा १८ जना अपाङ्ग भएका बिद्यार्थीहरुलाई कापी ३ सय ९७ वटा कलम ३ सय ६८ वटा स्टेसनरी वितरण गरिएको छ।

वडा नम्बर २ रुम्दी आधारभूत बिधालय १ जना लुवासुर आधारभूत २ जना कोट माध्यमिक विद्यालय गरि जम्मा १९ जना बिद्यार्थीहरुलाई कापी ५ सय ९ वटा र कलम ५ सय ९ वटा वितरण गरिएको आई. एन. एफ. नेपाल बाजुरा शाखा टिम लिडर लक्ष्मी प्रशाद जैशीले बताएका छन।

वडा नम्बर ३ सहित अपाङ्ग विद्यार्थीहरु लगायत जम्मा कापी १ हजार १ सय ८५ वटा डटपेन १ हजार १ सय २० वटा झोला वटा गरि वडा नम्बर १,२ र ३ नम्बर वडाका ४९ जना अपाङ्ग भएका विद्यार्थीहरुलाई आई.एन.एफ. नेपाल बाजुरा शाखा द्रारा स्टेसनरी सामाग्री वितरण गरिएको टिम लिडर जैशीले बताएका छन।

  • सेती कर्णाली खबर
  • शनिबार, असार १५, २०८१ 0७:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट