September 9, 2026 | बुधबार, भदौ २४, २०८३

कर्णाली उत्सवको चौथो संस्करण आज सुरु हुने

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन ५, २०७९ 0२:२२
कर्णाली  उत्सवको चौथो संस्करण  आज सुरु हुने

कर्णाली उत्सव’को चौथो संस्करण आज सुरु हुन कर्णाली-कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रसिद्ध पर्यटकीयस्थल बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’ चौथो संस्करण आज सुरु हुने भएको छ ।

उत्सवको आयोजक ऋति फाउण्डेसनले बिहीबार वीरेन्द्रनगरमा पत्रकार भेटघाटमार्फत फागुन ५–७ गतेसम्म हुने कर्णाली उत्सव चौथो संस्करण आज सुरु हुने बताएको हो । आयोजक संस्थाका संयोजक कमल लम्सालले सरोकारवालालाई प्रश्न र उत्तर गर्ने माध्यमका रुपमा ‘कर्णाली उत्सव’ शृङ्खला भइसकेको बताए ।

संयोजक लम्सालले भने, “कर्णाली समृद्धिको सार्थक सपनाबारे बहस गर्ने सिलसिलामा हामीले विभिन्न क्षेत्र समेटिने गरी ५० भन्दा बढी सवालमा छलफल गरिसकेका छौँ । मूलतः उपेक्षित, दुर्गम र अविकासको मानक बनाइएको कर्णालीका परम्परागत भाष्य र मानकलाई कसरी बदल्ने भन्ने बारेमा चर्चा गरिसकेका छौँ ।”

कर्णाली उत्सवको सचिवालयका सदस्य माधवप्रसाद चौलागाईले तेस्रो संस्करणसम्म सम्पन्न भएको उत्सवले अमूर्त उपलब्धि प्राप्त गरेको र यसको प्रभाव विस्तारै देखिने बताए । “यो विचारको बहस हो”, सदस्य चौलागाईले भने, “यसबाट हामीमा साझा विवेक र चेतनाको विकास भएको छ ।” उनका अनुसार कर्णालीको समग्र क्षेत्र समेटिने गरी कार्यक्रमको ढाँचा तयार गरिएको छ ।

उत्सवको सवाल तथा विषयवस्तु तयारी टोलीका संयोजक प्रकाश लामिछानेले १६ भन्दा बढी सत्रमा ६० भन्दा बढी वक्ता बोल्ने कार्यक्रम रहेको बताए । उनका अनुसार आज बिहान ११ बजे कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उत्सवको उद्घाटन र वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले आमन्त्रित अतिथिलाई स्वागत गर्नेछन् ।

उद्घाटनलगत्तै सुरु हुने पहिलो दिनको सत्रमा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले चौथो संस्करणसम्म आइपुग्दा, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हामी कसरी जोडियौँ ? भन्ने विषयमा आफ्नो प्रस्तुति राख्ने कार्यक्रम रहेको छ । तातोपानी निवासी नारायणी चौलागाईले कर्णाली उत्सवदेखि लाम्रा संवादसम्मको विषयवस्तु राखेपछि भने निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले निर्वाचन र लोकतन्त्रका विषयमा विद्वत प्रवचन दिने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

आजको पहिलो सत्रमा सञ्चालन हुने ‘कर्णाली चिन्तन’ शीर्षकमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंह वक्ता रहेका छन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँ सत्रमा क्रमश ‘कर्नाली खेल्दो छ’, ‘यो सहर–त्यो रहर’, ‘भोट र भेट’, ‘शिक्षा र समर्पण’ शीर्षकमाथि बहस हुँदा विभिन्न क्षेत्रसँग सम्बन्धित दश जना वक्ताले भाग लिनेछन् ।

पहिलो दिन कर्णालीको पैकेलो (नायक)का रुपमा गायक सुरज पण्डितलाई उत्सवमा सम्मान गरिनेछ । साँझ ५ : ४५ मा भने साङ्गीतिक साँझ गरी कार्यक्रम सम्पन्न हुनेछ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन ५, २०७९ 0२:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  