October 10, 2026 | शनिबार, अशोज २४, २०८३

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा अछामका दीर्घ बहादुर रावल नियुक्त

  • सेती कर्णाली खबर
  • बिहिबार, भदौ ४, २०८३ 0६:२२

काठमाडौँ : नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक दीर्घ बहादुर रावल नियुक्त हुनुभएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर विश्वनाथ पौडेलको सिफारिसमा रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।

लामो समयदेखि रिक्त रहेको उक्त पदमा नियुक्त हुनुभएका रावलसँग बैंकको विभिन्न विभागमा रहेर काम गरेको लामो अनुभव छ। एक वर्षअघि मात्र कार्यकारी निर्देशकमा बढुवा हुनुभएका उहाँले हालसम्म बैंक सुपरीवेक्षण विभागको नेतृत्व गर्दै आउनुभएको थियो। यसअघि उहाँले सन् २०१९ देखि २०२४ सम्म सम्पत्ति शुद्धीकरण र आतंकवादको वित्तीय व्यवस्थापनसम्बन्धी फाइनान्सियल इन्टेलिजेन्स युनिटको नेतृत्व गर्नुका साथै राष्ट्रिय समन्वय समितिको सदस्य सचिवको जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ।

नेपाल बैंकको सहायक प्रबन्धकबाट बैंकिंग करिअर सुरु गर्नुभएका रावलले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग र बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेर समेत काम गर्नुभएको थियो। काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा पीएचडी स्कलर रावलले अर्थशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर तथा व्यवस्थापनमा एमबीए गर्नुभएको छ। उहाँ २०१२ मा ‘सामना बैंकिङ पुरस्कार’ बाट सम्मानित हुनुभएको थियो।

राज्यका निकायमा सुदूरपश्चिमको बलियो उपस्थिति

अछाम मूल घर हुनुभएका रावलको यो नियुक्तिसँगै पछिल्लो समय राज्यका प्रमुख तथा नीतिगत निकायहरूमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने उच्च पदस्थ अधिकारीहरूको सूची अझै लम्बिएको छ।

वर्तमान सरकार आएसँगै राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा सुदूरपश्चिमकै प्रतिनिधि हुनुहुन्छ भने नेपाल धितोपत्र बोर्डको अध्यक्ष, गोरखापत्र संस्थानको महाप्रबन्धक जस्ता महत्त्वपूर्ण संस्थाको नेतृत्वमा पनि सुदूरपश्चिमकै व्यक्तिहरू पुग्नुभएको छ। यसैक्रममा केन्द्रीय बैंकको डेपुटी गभर्नरमा समेत सुदूरपश्चिमकै अधिकारी नियुक्त हुनुलाई यहाँका बौद्धिक तथा प्रशासनिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।साभार- call24news.com

  • सेती कर्णाली खबर
  • बिहिबार, भदौ ४, २०८३ 0६:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

logo बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री Avatar photo नेपाली पत्र शुक्रबार, २०८० भदौ २९ गते, ११:१७ मा प्रकाशित राजनीति 3 Shares facebook sharing buttontwitter sharing buttonsharethis sharing button     काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।  प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।  “यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने ।  बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उनले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ ।